कांग्रेस सभापति देउवाको जन्मथलोबाट कांग्रेस क्रियाशिल सदस्यता वितरण शुभारम्भ

डम्बर निदाल
डडेल्धुरा – नेपाली कांग्रेस डडेल्धुराले नयाँ क्रियासिल सदस्यता बितरण गर्न थालेको छ । पार्टीका सभापति तथा पुर्वप्रधानमन्त्री शेरबहादुर देउवाको वडाबाट नयाँ क्रियासिल सदस्यता वितरण कार्य शुरु गरेको हो ।

सोमबार नेपाली कांग्रेस डडेल्धुराका सभापति तथा सुदूरपश्चिम प्रदेश सभाका सदस्य कर्णबहादुर मल्लले स्थानिय धौलीदेवी सार्कीलाई पहिलो नयाँ क्रियासिल सदस्यता प्रदान गरेर जिल्लाव्यापी रुपमा नयाँ क्रियासिल सदस्यता वितरण कार्यको शुभारम्भ गरेका छन् ।  नेपाली कांग्रेस केन्द्रिय कमिटीको निर्देशन अनुसार जिल्ला कार्य समितिले सोमबार देखि नयाँ क्रियासिल सदस्य दिन शुरुवात गरेको छ । पुराना सदस्यहरुको नविकरण गर्ने कार्य सकिए पछि नयाँ सदस्य बाँड्न थालेको नेपाली कांग्रेस डडेल्धुराले जनाएको छ ।

कांग्रेस पार्टीका केन्द्रिय सभापती एवं पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको गाउँ गन्यापधुरा गाउँपालिका–१ रुवाखोला बाट नयाँ सदस्यता बितरण शुरुवात गरिएको नेपाली कांग्रेसले जनाएको छ । रुवाखोलामा आयोजित कार्यक्रममा वडास्तरमा क्रियासिल कार्यकर्ताहरुका साथै जिल्ला स्तरीय नेताहरु सहभागी थिए । यस अघि कांग्रेसले जिल्लाभरका क्रियासिल सदस्यता नविकरण गरिसकेको छ । गन्यापधुरा गाउँपालिका–१ का ८४ जनालाई नयाँ क्रियासिल सदस्यता प्रदान गरेको नेपाली कांग्रेस डडेल्धुराका कार्यालय सचिव रामबहादुर बिष्टले बताए ।

उक्त वडामा ८४ जना पुराना क्रियासिल सदस्यहरुको सदस्यता नविकरण भइसकेकोले पार्टीको निति अनुसार थप ८४ जनालाई नयाँ क्रियासिल सदस्यता वितरण गरिएको गन्यापधुरा–१ का वडा सभापति पदमबहादुर महताले बताए ।
अब जिल्लाका सबै वडामा जिल्ला स्तरीय नेताहरुको सहभागितामा नयाँ क्रियासिल सदस्यता वितरण गरिने नेपाली कांग्रेसले जनाएको छ । नयाँ क्रियासिल सदस्यता वितरणका सन्दर्भमा जिल्लास्तरीय नेताहरुबीच कुनै विवाद देखिएको छैन र सदस्यता वितरण अभियान जिल्लाव्यापी रुपमा प्रभावकारी ढंग बाट सञ्चालन गरिने नेपाली कांग्रेस डडेल्धुराका सभापति मल्लले बताए ।

सिफारिस

जिल्ला समन्वय समिति महासंघको अध्यक्षमा ऋषि देव फुयाँल निर्वाचित

काठमाडौं — जिल्ला समन्वय समिति महासंघ नेपालको छैटौँ राष्ट्रिय परिषद् बैठकबाट नयाँ नेतृत्व चयन प्रक्रिया सम्पन्न भएको छ। ललितपुर जिल्ला समन्वय समितिका प्रमुख ऋषि...

कांग्रेस व्यवहारिक रूपमा फुटिसक्यो : शशांक कोइराला

विराटनगर — नेपाली कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइराला ले पार्टी व्यवहारिक रूपमा फुटिसकेको बताएका छन्। विराटनगरमा जारी नेपाली कांग्रेसको संस्थापनइतर समूहको भेलालाई सम्बोधन गर्दै उनले...

सिन्धुलीका पत्रकारलाई खोज, फोटो तथा भिडियो पत्रकारिता तालिम 

सिन्धुली- पत्रकारहरूको व्यावसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले नेपाल पत्रकार महासंघ सिन्धुली शाखाद्वारा आयोजित पाँचदिने खोज पत्रकारिता तथा फोटो–भिडियो पत्रकारिता तालिम सम्पन्न भएको छ। हरिहरपुरगढी गाउँपालिकाको...

भर्खरै

कांग्रेस व्यवहारिक रूपमा फुटिसक्यो : शशांक कोइराला

विराटनगर — नेपाली कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइराला ले पार्टी...

सिन्धुलीका पत्रकारलाई खोज, फोटो तथा भिडियो पत्रकारिता तालिम 

सिन्धुली- पत्रकारहरूको व्यावसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले नेपाल पत्रकार...

कैलाशलाई नजिकबाट नियाल्दा (तस्वीरहरू)

काठमाडौं — तिब्बतमा अवस्थित कैलाश हिमाल विश्वका सबैभन्दा पवित्र...

उत्कृष्ट कार्यसम्पादन गर्ने ३७ सैनिक सम्मानित (तस्वीरहरू)

काठमाडौं– नेपाली सेनामा उच्च पेसागत दक्षता, व्यावसायिक चरित्र तथा...

राखेप उपाध्यक्षमा विशाल श्रेष्ठ नियुक्त, चार बोर्ड सदस्य पनि मनोनित

काठमाडौँ – शिक्षा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद्...

मनसुनसँगै खेतका आलिमा भ्यागुताको ‘ट्वार–ट्वार’ (तस्वीरहरू)

काठमाडौँ — मनसुन सक्रिय भएसँगै देशका विभिन्न स्थानका खेतबारी...

धेरै पढिएको