रामेछाप – नेपाल सरकारले देशभर आजबाट काेराेना विरुद्धको खाेप अभियान सुरु गरेकाे छ । साे अभियान रामेछाप जिल्लामा पनि सुरु भएकाे छ ।

अभियानकाे सुरु जिल्ला अस्पताल रामेछापका डा.रोशन ग्वाछा र स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्रकुमार कर्णलाई खाेप लगाएर सुरु गरिएकाे छ । आज मात्रै ३९ जनामा यो खोप लगाइएको छ। खोपका बिषयमा नागरिक स्तरमा भएकाे त्रास तथा शंकालाई विस्वास परिणत गर्नुपर्ने भएकाले अस्पतालका कार्यरत डाक्टरहरुबाट नै खाेप लगाउन सुरु गरिएकाे जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्रकुमार कर्णले जानकारी दिए । कोरोना विरुद्धको खोपमा कुनै पनि शंका मान्नु नपर्ने भन्दै नागरिकहरुलाई खोप सुरक्षित छ भन्ने सन्देश दिन पहिलो चरणकाे खाेप नै जिल्ला अस्पतालका डा.ग्वाछा र आफुले लगाएर सुरु गरेकाे डा.कर्णले बताए ।

रामेछापमा पहिलो चरणमा कोरोना बिरुद्धको खोप लगाउन १ हजार ४ सय ७७ जनाले नाम दर्ता गराएका छन् । जिल्ला अस्पताल रामेछापले पहिलो चरणको खोप स्वास्थ्यकर्मी, खोप केन्द्रमा खटिने सुरक्षाकर्मी तथा स्वंयसेवक, फोहोर मैला व्यवस्थापनमा खटिने व्यक्तिहरु, स्वास्थ्य स्वंयसेविका, बृद्धाश्रमका व्यक्ति र उनीहरुको हेरचाहमा खटिने व्यक्तिहरुलाई दिइने छ । त्यसैगरी पहिलो चरणमा नै जिल्ला कारागार कार्यालय रामेछापमा रहेका कैदीबन्दीहरु र सुरक्षामा खटिने सुरक्षाकर्मीहरुलाई लगाइने अस्पतालले जनाएकाे छ । ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here