काठमाडौं – सञ्चारकर्मी रवि लामिछानेले सिधा कुरा … लिएर आउने भएका छन् ।
आज नयाँ टेलिभिजन च्यानल‘ ग्यालेक्सी ४ k’ सार्वजनिक गर्दै लामिछानेले नयाँ कार्यक्रम सार्वजनिक गरेका छन् ।
उनले यसअघि न्यूज २४ मा सिधा कुरा जनतासँग सञ्चालन गरेका थिए र नयाँ टेलिभिजनमा सिधा कुरा… सार्वजनिक गरेका छन् ।
आफूले सिधा कुरा प्रधानमन्त्रीसँगबाट शुरु गर्र्दै सिधा कुरा जनतासँग पुगेको भन्दै उनले अब सिधा कुरा… राखिएको र आवश्यकता अनुसार यसलाई पूर्णता दिने बताए । त्यस्तै उनले ‘द लिडर’ कार्यक्रम पनि सञ्चालन गर्ने बताएका छन् ।
यस कार्यक्रमका अघि ”कामका कुरा” सञ्चालन गर्ने पनि घोषणा गरेका छन् ।