काठमाडौं – नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुस ५ गते यता आफूहरु नयाँ प्रकारको युद्धमा रहेको बताएका छन् । मंगलबार राजधानीमा आयोजित ‘जनयुद्धको हस्ताक्षर’ पुस्तकको विमोचन गर्दै उनले प्रतिगमनविरुद्ध शान्तिपूर्ण युद्धमा रहेको बताए ।

“हामी फेरि एकचोटि जनयुद्ध र जनआन्दोलनले स्थापित गरेका मूल्य–मान्यता, प्राप्त गरेका उपलब्धिहरुको अपहरण गर्ने अपहरणकारीहरुका विरुद्ध एउटा नयाँ प्रकारको युद्धमा नै छौँ । तर, त्यो रक्तपातपूर्ण र हिंसात्मक छैन,’’ उनले भने युद्ध जित्न संकल्प गर्न आवश्यक रहेको पनि बताए ।

प्रचण्डले अदालतले सही फैसला गर्छ भन्नेमा विश्वास रहेको उल्लेख गरे । “हाम्रो अदालतप्रति विश्वास छैन भन्न खोजेकै छैन”उनले भने ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here