काठमाडौँ- जाडो मौसमलाई पछि छोड्दै गर्मी मौसम सुरु हुँदै छ, दिनहुँ मौसमी तापमान बढ्दैछ । जति गर्मी बढ्यो, उत्तिनै आफ्नो लुगा बोझिलो लाग्न थाल्छ । कसरी र कस्तो पहिरनले आफू सुहाउदिलो देखिन सकिन्छ भन्ने धेरैको चिन्ता हुन्छ । उक्त चिन्तालाई हटाउनलाई हामीले केहि टिप्छ ल्याएका छौँ ।
१) फेसनविज्ञका अनुसार समरको लागि कलरफुल परिहन उत्तम हुन्छ । वसन्तयाम सँग कम्बिनेसन मिलाउन कलरफुल पहिरन निकै उपयोगी हुन्छ ।
२) गर्मी मौसममा उज्यालो रङ्ग उपयुक्त हुन्छ । यसले घामको किरणलाई नसोछ्ने भएकाले सितलता प्रदान गर्छ ।
३) खुल्ला र शरीरलाई सजिलो हुने पहिरन रोज्नु पर्छ  । यस्ता पहिरनले सुहाउदो र ट्रेन्डी देखिने मात्र नभएर सीतलता कायम राख्न पनि मद्दत पुग्दछ ।
४) गर्मीमा धेरै पसिना आउने हुन्छ । पसिनाको दुश्प्रभावबाट बच्नको लागी सुतीको पहिरन उपयोगी हुन्छ ।
५) गर्मीमा ह्याट र सनग्लासको प्रयोगले सुर्यको किरणको प्रतक्ष प्रभावबाट बच्न साथै स्टाइलिस देखिन पनि मद्दत गर्छ ।
६) सकेसम्म पुरै शरीर ढाक्ने पहिरन लगाउनु पर्छ । यसले गर्दा घामको सोझो प्रभाव छालामा पर्दैन ।
७) धुलो धुँवा र घामको तापबाट कपाललाई जोगाउन पातलो सलको प्रयोग गर्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here