५५ वर्ष माथिका कस्ता मानिसले लगाउने कोरोनाविरुद्धको खोप ?

सरकारले फागुन २३ गतेदेखि सुरु हुने दोस्रो चरणको कोभिड खोप अभियानमा ५५ वर्षमाथिका नागरिकलाई खोप दिने तयारी गरिरहेको छ। तर बढी उमेर भएका र कुनै रोग वा दीर्घरोगको उपचार गराइरहेका व्यक्तिले निर्धक्कसँग त्यस्तो खोप लगाउन मिल्ने हो वा होइन भन्ने विषयमा जिज्ञासा उठ्ने गरेको छ।

भारतले अनुदानमा दिएको १० लाख मात्रा खोपमध्ये अहिलेसम्म चार लाख मात्राभन्दा बढी खोप प्रयोग भइसकेको अधिकारीहरूले जनाएका छन्। त्यसबाहेक नेपालले भारतबाट गत आइतवार मात्रै १० लाख मात्रा खोप खरिद गरेको छ। त्यतिनै मात्रा थप खोप खरिद गर्नका लागि सम्झौता भइसकेको पनि बताइएको छ।

कोभिड खोप कसले लगाउन हुँदैन?
चिकित्सकहरूका अनुसार केही अवस्थामा बाहेक सामान्यतया सबैले कोरोनाभाइरसको खोप लगाउनु हुन्छ। खोपमा भएका केही तत्त्वहरूप्रति एलर्जी छ भने खोप लगाउन नहुने सङ्क्रामक रोग विशेषज्ञ डा. अनूप सुवेदी बताउँछन्।

त्यस्तै खोपको पहिलो मात्रा लगाउँदा “नराम्रो कडा प्रतिक्रिया उत्पन्न भएको अवस्थामा पनि खोप लगाउन हुँदैन।”

सामान्यतया सबैले खोप लगाउन हुने र त्यसमा पनि बढी उमेर भएकाहरूले त अनिवार्य रूपमा नै कोभिड-१९ विरूद्धको खोप लगाउनुपर्ने डा. सुवेदी बताउँछन्। “त्यो किनभने रोगबाट सबैभन्दा बढी जोखिममा उहाँहरू हुनुहुन्छ,” उनले भने।

“उच्च रक्तचाप, मधुमेह वा अन्य किसिमका दीर्घ प्रकृतिका रोग भएकाहरूले झन् उमेर मात्रै नभई रोगका कारण उत्पन्न स्वास्थ्य समस्याले गर्दा पनि जोखिम बढी हुने भएकाले खोप लगाउन महत्त्वपूर्ण हुन्छ।”

भारतबाट ल्याइएको कोभिशील्ड खोपको उत्पादक कम्पनीले निश्चित किसिमको “रगत पातलो गर्ने कडा खाले औषधि (एस्पिरीनबाहेक) प्रयोग गर्नेहरूले” खोप लगाउँदा विचार पुर्‍याउन सङ्केत दिएको पनि उनी बताउँछन्।

तर त्यस्ता औषधि सेवन गरिरहेकाले अरू धेरै खोप लिँदा समस्या नभएको र नेपालमै पनि स्वास्थ्यकर्मी वा सरसफाइ कर्मचारीहरूले खोप लगाउँदा त्यस्तो कुनै प्रतिक्रिया उत्पन्न नदेखिएको डा. सुवेदीको भनाइ छ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारी खोप केन्द्रहरूमा सबैले निश्चित विवरण सहितको फारम भर्नुपर्ने व्यवस्था गरिने र खोप लिन आएकाहरूको स्वास्थ्य अवस्थाबारे अनिवार्य सोधिने बताउँछन्।

“सामान्यतया कसैलाई पनि कोभिड भएको छ र निको भएको छ भने आठ हप्तासम्म खोप लगाउन मिल्दैन। रगत पातलो बनाउने औषधि सेवन गर्नेहरूले पनि खोप लगाउन मिल्दैन। गर्भवती वा सुत्केरी महिलाहरूले पनि लगाउन मिल्दैन,” उनले भने। “अन्य मानिसको हकमा सबै कुराहरूको परामर्श गरेर खोप लगाइनेछ।”

खोप केन्द्रमा पुगेर लगाउन नमिल्ने भनेर फर्किनुपर्ने अवस्था आउन नदिन आफूहरूले समुदायस्तरमा नै सूचना तथा जानकारी पुर्‍याउने र बुझाउने कुरामा पनि ध्यान दिएको उनले बताए। “लगाउन नमिल्नेहरूलाई गाउँघरमै सम्झाउने स्थिति सिर्जना गर्नेगरी अघि बढेका छौँ,” उनले भने।

के खाने, के नखाने?
कोभिडको खोप लगाउनुअघि वा पछि निश्चित खाना खाँदा खोप बढी प्रभावकारी वा कम प्रभावकारी हुने भन्ने नहुने चिकित्सकहरू बताउँछन्।

सामान्य आफूले सधैँ खाइरहेको खाना खाँदा समस्या हुँदैन।

हालसम्म नेपाल लगायत संसारका अन्य मुलुकमा पनि कोभिडको खोप लगाएपछि मानिसहरूलाई ज्वरो आए जस्तो हुने, जिउ दुख्ने वा बिसन्चो हुने जस्ता लक्षणहरू देखिएको पाइएको छ।

विश्व स्वास्थ्य सङ्गठनले पनि कोभिड खोप लगाएपछि देखिने तर हानिकारक नठानिएका त्यस्ता लक्षणहरूबारे उल्लेख गरेको छ। त्यस्तो बेला शरीरमा पानीको मात्रा कम भएको हुन सक्ने कुरामा ध्यान दिनुपर्छ।

त्यस्तै मद्यपानले शरीरमा पानी कम हुने अवस्था सिर्जना गर्ने र रोग प्रतिरोधी प्रणालीलाई कमजोर बनाइदिन्छ भन्ने पुराना अध्ययनहरूले देखाएको कारण मदिरा सेवन नगर्नु उचित हुने डा. सुवेदी सुझाव दिन्छन्।

“मद्यपान कुनै पनि बेला गर्नु राम्रो होइन। खोप लगाएको बेला वा त्यसको वरपर गर्नु झन् राम्रो भएन,” उनले भने।

नेपालमा सामान्य रूपमा खाइने खानेकुरा खाँदा फरक नपर्ने डा. अधिकारी पनि बताउँछन्। खोप लगाएकाहरूले मद्यपान भने नगर्न/नगराउन आफूहरूले भन्ने उनले बताए। “जनस्वास्थ्यका हिसाबले यो कहिल्यै पनि नगर्दा राम्रो कुरा हो,” उनले भने।

“खोप लगाउँदा एक-दुई दिन मद्यपान नगर्नूस् नै भन्छौँ। खोप दिइसकेपछि रोग प्रतिरोधात्मक क्षमता शरीरमा विकास हुनलाई दुई हप्ताजति समय लाग्छ। त्यो बीचमा नगर्नूस् नै भन्छौँ।” बिबिसीबाट 

सिफारिस

निजी विद्यालयको नाम नेपालीमै राख्न बालेनको एक महिने ‘अल्टिमेटम’

काठमाडौं - काठमाडौं महानगरपालिकाले निजी विद्यालयको नाम नेपालीकरण गर्न एक महिनाको समय दिएको छ । बिहीबार सूचना जारी गरी महानगरले नेपालीमा नाम राख्न निजी...

प्रहरीका सादा पोशाकमा जनशक्ति परिचालन नगर्न निर्देशन

काठमाडौँ – नेपाल प्रहरीले सादा पोशाकमा जनशक्ति परिचालन नगर्न मातहतका निकायलाई निर्देशन दिएको छ। सादा पोशाकमा परिचालन हुने (घुमुवा) प्रहरी गैरव्यावसायिक क्रियाकलापमा संलग्न हुने गरेको...

एसएसपी अधिकारी डीआईजीमा बढुवा सिफारिस

सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) दिपक अधिकारी सशस्त्र प्रहरीको नायव महानिरीक्षक (डीआईजी)मा बढुवा सिफारिस भएका छन्। गृहमन्त्रालयको बढुवा समितिको सचिवालयले सूचना जारी गर्दै अधिकारीलाई शसस्त्र...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

प्रहरीका सादा पोशाकमा जनशक्ति परिचालन नगर्न निर्देशन

काठमाडौँ – नेपाल प्रहरीले सादा पोशाकमा जनशक्ति परिचालन नगर्न...

एसएसपी अधिकारी डीआईजीमा बढुवा सिफारिस

सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) दिपक अधिकारी सशस्त्र प्रहरीको...

मौसम: आइतबारसम्म पानी पर्ने, आज यी स्थानमा हुनेछ वर्षा

हाल नेपालमा स्थानीय वायुको उल्लेख्य प्रभाव रहेका कारण तीन...

बज्रचार्यले लिए पर्यटन मन्त्रीको शपथ

हाम्रो नेपाली पार्टीका सांसद शैलेन्द्रमान बज्रचार्य बागमती प्रदेश सरकारमा...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकले गरेको ५ निर्णय

बिहीबार अपरान्ह सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न ५ निर्णय...

मिलन लिम्बूले पाए राष्ट्रिय स्वतन्त्र पार्टीबाट इलाम २ को टिकट

राष्ट्रिय स्वतन्त्र पार्टीले वैशाख १५ गते हुन लागेको इलाम...

धेरै पढिएको