काठमाडौं – काठमाडौं उपत्यकामा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंका ४३ जना, भक्तपुरका ६ जना र ललितपुरका ४ जनामा कोरोना संक्रमण देखिएको हो।

पछिल्लो २४ घन्टामा ३२१८ जनाको पिसिआर परिक्षण गरिएको छ।

यस्तै काठमाडौँ उपत्यकामा हिजो ५२ जनामा कोरोना संक्रमण भएको थियो।

यस्तैनेपालमा थप ११० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म संक्रमित हुनेको संख्या २७३६६६ पुगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here