ओलीको मिर्गौला प्रत्यारोपणको १ वर्षः सक्रियता र आत्मविश्वास देखेर डाक्टर नै दङ्ग

काठमाडौँ – ‘म आग्रह गर्छु – मेरो स्वास्थ्यलाई लिएर यहाँहरु ढुक्क हुनुहोस्,’ मिर्गौला प्रत्यारोपण गर्नुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो सन्देश जारी गर्दै यिनै अभिव्यक्ति दिएका थिए । दोस्रो पटक मिर्गौला प्रत्यारोपणपछि ६९ वर्षीय खोली झनै सक्रिय देखिएका छन् ।

स्वदेशमै मिर्गौला प्रत्यारोपण गराएका मुलुकका कार्यकारी प्रमुखको सक्रियता र आत्मविश्वास देखेर उपचारमा संलग्न चिकित्सक पनि चकित छन् । सामान्यतयाः मानिसको शरीरमा दुईवटा मिर्गौलाहरु हुन्छन् । तर, प्रधानमन्त्री ओलीको शरीरमा चारवटा मिर्गौला छन् । ती मिर्गौला मध्ये एउटा मिर्गौलाले मज्जाले काम गरिरहेको छ । त्यही प्रत्यारोपित मिर्गौलाको भरमा उनी सक्रिय छन् ।

मुलुककै सरकारी अस्पतालमा मिर्गौला प्रत्यारोपण गर्ने प्रधानमन्त्री ओली पहिलो अतिविशिष्ट व्यक्ति थिए । ‘उहाँको मनोबल उच्च देखिन्छ । उर्जा झन् बढेको छ,’ मिर्गौला प्रत्यारोपणमा संलग्न त्रिभुवन विश्वविद्यालय युरोलोजी तथा मिर्गौला प्रत्यारोपण विभागका प्रमुख प्राडा उत्तमकुमार शर्मा भन्छन्, ‘उहाँको स्वास्थ्य देखेर सन्तुष्ट छु । उहाँको दिनचर्या हेर्दा अचम्म लाग्छ ।’

आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

सिफारिस

काठमाडौं जिल्ला प्रशासनमा ‘पीएएस’ प्रणाली सञ्चालन, प्रधानमन्त्री कार्कीबाट निरीक्षण (तस्विरहरू)

जिल्ला प्रशासन कार्यालय, काठमाडौंले सुशासन प्रवर्द्धन तथा सेवा प्रवाहलाई सहज बनाउन नवीनतम मोडेलको सार्वजनिक घोषणा प्रणाली (पब्लिक एनाउन्समेन्ट सिस्टम) सञ्चालनमा ल्याएको छ । साेमबार...

फर्पिङमा सामूहिक बेल विवाह समारोह सम्पन्न (तस्वीरहरू)

फम्पि नेवा पुच: को आयोजनामा फर्पिङमा दुई दिनसम्म सञ्चालन भएको यस सांस्कृतिक तथा धार्मिक कार्यक्रम सामूहिक ईहि (बेल विवाह) समारोह  सम्पन्न भएको छ। ईहि नेवार...

नाकाबन्दी कै झल्को दिने गरी ग्यास लिनेको लाइन (तस्वीरहरू)

पश्चिम एसिया क्षेत्रमा पछिल्लो समय पेट्रोलियम पदार्थ र ग्यासको अभाव देखिन थालेको छ। यसको प्रभाव देखिएपछि नेपालमा पनि असर पर्न थालेको छ। नेपाल आयल निगमले...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

फर्पिङमा सामूहिक बेल विवाह समारोह सम्पन्न (तस्वीरहरू)

फम्पि नेवा पुच: को आयोजनामा फर्पिङमा दुई दिनसम्म सञ्चालन...

नाकाबन्दी कै झल्को दिने गरी ग्यास लिनेको लाइन (तस्वीरहरू)

पश्चिम एसिया क्षेत्रमा पछिल्लो समय पेट्रोलियम पदार्थ र ग्यासको...

ड्रोनबाट देखिएको धुम्म काठमाडौं (तस्वीरहरू)

पछिल्लो केही दिनयता बढेको प्रदूषणका कारण काठमाडौं उपत्यकामा धुम्म...

उसु र आर्चरीका ६ सदस्यीय टोली चीनको कुन्मिङ प्रान्त प्रस्थान

नेपाल र मित्र राष्ट्र चीनबीचको खेलकुद तथा सांस्कृतिक सम्बन्धलाई...

प्राविधिक उपसेनानीलाई दर्ज्यानी चिन्ह प्रदान (तस्वीरहरू)

काठमाडौं - प्राविधिक अधिकृत आधार तालिम सफलतापूर्वक सम्पन्न गरेका...

जेनजी आन्दोलन घटनाबारे जाँचबुझ आयोगले सरकारलाई बुझायो प्रतिवेदन (तस्वीरहरू)

जेनजी आन्दोलनका क्रममा भएका घटनाबारे छानबिन गर्न गौरीबहादुर कार्कीको...

धेरै पढिएको