काठमाडौं – बालुवाटारमा प्रधानमन्त्री केपी ओली र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बीच भेटवार्ता भएको छ । सरकार र चन्द समूहबीच भएको सम्झौता अनुसार सार्वजनिक हुन नवलपरासीबाट काठमाडौं आइपुगेको चन्दले प्रधानमन्त्री ओलीलाई भेटघाट गरेका हुन् ।
आज नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टीबीच सम्पन्न सहमतिमा हस्ताक्षर समारोह हुँदैछ । राष्ट्रिय सभागृहमा ओली र चन्दले केहीबेरमा सोही समारोहमा सम्बोधन गर्नेछन् । सरकार र चन्द समूहबीच तीनबुँदे सहमति भएको छ ।