नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संसदीय दलको नेता चयन गरेको छ । शुक्रबार सिंहदरबारमा बसेको सो पक्षको संसदीय दलको बैठकले केपी शर्मा ओलीलाई दलको नेताबाट हटाई सो पदमा प्रचण्डलाई चयन गरेको एक सांसदले जानकारी दिए। प्रचण्डको प्रस्तावक माधवकुमार नेपाल र समर्थक पम्फा भुसाल रहेका थिए।
दलको बैठकको अध्यक्षता नेता झलनाथ खनालले गरेका थिए । खनालले संसदीय दलका सदस्यहरुमध्ये ज्येष्ठताका आधारमा आजको बैठकको अध्यक्षता गरेका हुन्।
प्रतिनिधि सभा विघटन भएपछि विभाजित भएको नेकपाको प्रचण्ड–नेपाल पक्षले त्यसलगत्तै पनि ओलीलाई संसदीय दलको नेताबाट हटाएको घोषणा गरेको थियो।
दलको बैठकमा बहुमत सांसद आफूहरुतिर रहेको प्रचण्डले ब्रिफ्रिङ गरेका थिए।