काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षा तालिका सार्वजनिक गरेको छ ।
एसईई परीक्षा आगामी जेठ १३ गतेदेखि २४ गतेसम्म सन्चालन गर्ने निर्णय मंगलबार गरेको बोर्डले बुधबार परीक्षा तालिकासमेत सार्वजनिक गरेको हो ।
परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सन्चालन हुने छ ।
हेर्नुहोस् एसईई परीक्षाको तालिका :