काठमाडौं – नेकपा एमाले संसदीय दलको बैठकमा भाग लिन बालुवाटार हिँडेका माधव नेपाल पक्षका सांसदहरु बाटैबाट फर्किएका छन् ।
सो पक्षका सांसदहरु ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा भेला भएर बालुवाटार हिँडेका थिए । तर, उनीहरु पुन हेरिटेज गार्डेनमै फर्किएका छन् । ‘हामी बालुवाटार जान हिडेँका थियौं, बाटोमै यताबाट फोन आयो अनि सिंहदरबारबाटै फर्कियौँ’, सांसद लक्ष्मी चौधरीले भनिन्, ‘कमरेडहरुले आउनु भनेपछि फर्केका हौँ।’
हेरिटेज गार्डेनमा फर्किएर उनीहरुले शीर्ष नेतासँग छलफलमा बसेका छन् ।
उता बालुवाटारमा बोलाएको दलको बैठक अझै सुरु हुन सकेको छैन ।
