दैलेख – ठाटिकाँध गाउँपालिका–६ मा एक सुत्केरीको शंकास्पद मृत्यु भएको छख । सुत्केरी भएको १५ दिनपछि उनको मृत्यु भएको हो ।
मृत्यु हुनेमा ठाटिकाँध–६ बस्ने शेरबहादुर रोकायाकी श्रीमती ३२ वर्षीया हस्तना थापा रहेको दैलेख प्रहरीले जनाएको छ । बुधबार स्थानीय ठाटिकाँध बजार गएर साँझ फर्केपछि बच्चा र श्रीमान शेरबहादुरसँगै सुतेको र बिहान हेर्दा उनको मृत्यु भएको देखिएको दैलेखका प्रहरी प्रमुख अनुपम श्रेष्ठले बताए ।
प्रहरीका अनुसार हस्तनाको मृत्यु शंकास्पद देखिएकाले थप अनुसन्धानका लागि श्रीमान शेरबहादुरलाई नियन्त्रणमा राखिएको बताएका छन् । मृत्युको कारण पोस्टमार्टम रिपोर्टपछि खुल्ने प्रहरी प्रमुख श्रेष्ठले जानकारी दिए ।
