गृहकार्य नपुगेको भन्दै जसपा बैठक होलीसम्म स्थगित

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) ले बिहीबार बोलाएको केन्द्रीय कार्यकारिणी बैठक पार्टी समायोजनका लागि गृहकार्य नपुगेको भन्दै स्थगित गरेको छ । गत वैशाखमा राष्ट्रिय जनता पार्टी (राजपा) र संघीय समाजवादी पार्टीबीच एकीकरण भए पनि दुई पार्टीका संगठन समायोजन गरिएको छैन ।

केन्द्रीय कार्यकारिणी समितिका सदस्य केशव झाका अनुसार पूर्वराजपा पक्षले गृहकार्य गर्नका लागि केही दिन लाग्ने बताएपछि बैठक स्थगित गरिएको हो । बैठक स्थगित भएलगत्तै राजपा समूहले बानेश्वरस्थित इन्द्रेणी फुडल्यान्डमा बैठक राखेको थियो ।

बैठकमा संगठन समायोजनका लागि आफ्नोतर्फबाट गृहकार्य गर्न ६ सदस्यीय कार्यदल बनाएको छ । कार्यदलमा जितेन्द्र सोनल, मनीष सुमन, केशव झा, सुनील रोहित, रमेश यादव र सञ्जय यादव छन् ।

कार्यदलले पार्टीको केन्द्रदेखि तल्ला तहका सबै समितिमा समायोजनका लागि तयारी गर्नेछ ।

‘पूर्वसमाजवादीका तर्फबाट सबै तयारी थियो तर पूर्वराजपाबाट तयारी नभएका कारण आजको बैठक स्थगित गर्नुपरेको हो,’ झाले भने, ‘अर्को बैठक होलीलगत्तै बस्नेछ ।’ पूर्वराजपा समूहको बैठकमा सत्तासमीकरणका विषयमा समेत छलफल भएको थियो । छलफलमा अहिलेसम्म प्रगतिका बारेमा जानकारी गराइएको थियो । राजपा पक्षका नेताहरूले आफूहरूले उठाएका मुद्दा सम्बोधन गर्नेलाई नै सत्ता समीकरणमा समेत सहयोग गर्ने निष्कर्ष निकालेको छ ।

कांग्रेसले प्रस्ट धारणा अघि नबढाएको, माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिएको अवस्थामा जसपाले मुद्दा छाडेर सत्ता समीकरणका लागि मात्रै निर्णय गर्न नहुने धारणा पूर्वराजपा पक्षका नेताहरूको छ । उनीहरूले रेशम चौधरीलगायत मधेस, थरुहट आन्दोलनक्रममा पक्राउ परेका नेता–कार्यकर्ताको रिहाइ, मुद्दा फिर्ता, संविधान संशोधन, लाल आयोगको प्रतिवेदन सार्वजनिकलगायत विषय सम्बोधन हुनुपर्ने माग गरेका छन् ।

सिफारिस

चिनियाँ अधिकारीद्वारा दोलखामा चीन–नेपाल सांस्कृतिक कार्यक्रम तथा शैक्षिक सामग्री वितरण

दोलखा – अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा दोलखाको तामाकोशी–५ जलविद्युत् आयोजनास्थल नजिक रहेको श्री गौरीशंकर माध्यमिक विद्यालयमा चीन–नेपाल सांस्कृतिक आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। चीन ग्रामीण...

कांग्रेस जिल्ला सभापति यादव निलम्बित

काठमाडौँ – कांग्रेस केन्द्रीय अनुशासन समितिले बारा जिल्ला सभापति राजेश राय यादवलाई निलम्बन गरेको छ। गत फागुन २१ गते सम्पन्न चुनावमा पार्टीको आधिकारिक उम्मेदवारलाई हराउन...

लिवियामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली, ४२ सैनिक प्रस्थान

काठमाडौं - संयुक्त राष्ट्र सङ्घको आह्वानमा लिवियामा सञ्चालित शान्ति स्थापना मिसनमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली गरिएको छ। नेपाली सेनाका अनुसार, लिवियास्थित संयुक्त राष्ट्र सङ्घीय...

भर्खरै

कांग्रेस जिल्ला सभापति यादव निलम्बित

काठमाडौँ – कांग्रेस केन्द्रीय अनुशासन समितिले बारा जिल्ला सभापति...

लिवियामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली, ४२ सैनिक प्रस्थान

काठमाडौं - संयुक्त राष्ट्र सङ्घको आह्वानमा लिवियामा सञ्चालित शान्ति...

भारतीय प्रधानमन्त्रीसँग रविको भेट, के- के भयो कुराकानी ?

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि...

राणा शासन ढल्यो, राजतन्त्र ढल्यो, अब अराजकतन्त्रको पालो : ओली

काठमाडौं - नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले...

काठमाडौं र दिल्ली दुवैतिरका ‘गड्याङगुडुङ’ प्रिय छैनन् : बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी...

‘हिट एक्सन डे २०२६’ : अत्यधिक गर्मीको जोखिमबारे सचेतना बढाउन आग्रह

काठमाडौं - अत्यधिक गर्मीका कारण मानव स्वास्थ्य, जीविकोपार्जन तथा...

धेरै पढिएको