काठमाडौँ – प्रतिनिधि सभा बैठकको आज बस्दै छ। आज बस्ने बैठकको संसद सचिवालयले सम्भावित कार्यसूची तयार गरेको छ।
सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय मानवअधिकार आयोग र लोकसेवा आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यक्रम छ।
यस्तै पूर्वसांसद अशोक कोइरालाको निधनमा शोक प्रस्ताव पारित गरिनेछ। बैठक दिनको १ बजे बस्ने संसद सचिवालयले जनाएको छ।
