महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले आज (शुक्रबार) दिउँसो १ बजे पत्रकार सम्मेलन गर्ने भएका छन्। पत्रकार सम्मेलन अगाडि नै महान्यायाधिवक्ता खरेलको राजीनामा चर्चामा रहेको छ।
खरेल २०७४ फागुन ८ गते महान्यायाधिवक्तमा नियुक्त भएका थिए।
यसअघि पनि सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गर्ने फैसला गरेपछि खरेलले राजीनामा दिएको भन्ने चर्चा चलेको थियो।
खरेलले प्रतिनिधि सभा विघटनको पक्षमा डिफेन्स गर्न नसकेको भनेर प्रधानमन्त्री केपी शर्मा ओली असन्तुष्ट भएको समाचार सार्वजनिक भएको थियो।
