काठमाडौं – महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले आज पदबाट राजीनामा दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रहअनुसार महान्यायाधिवक्ता खरेलले राजीनामा दिएका हुन् ।
राजीनामापछि खरेल नेकपा एमालेको राजनीतिमा सक्रिय हुने बताइएको छ । विगतमा केन्द्रीय सदस्य भइसकेका खरेल फेरि केन्द्रीय समितिमा मनोनीत भएर काम गर्ने बताइएको छ ।
दोस्रो संविधानसभादेखि माधवकुमार नेपालबाट ओली गुटमा प्रवेश गरेका खरेल त्यसपछि महान्यायाधिवक्ता नियुक्त भएका हुन् ।

