राष्ट्रपति विद्यादेवी भण्डारीको आसन्न बंगलादेश भ्रमणबारे परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले संसदलाई जानकारी गराएका छन्।
आजको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले चैत ९ गते राष्ट्रपतिबाट हुनलागेको बंगलादेश भ्रमणबारे जानकारी गराएका हुन्।
त्यस्तै उनले सरकारले संसदमा अध्यादेश पेस गर्न नपाएकोमा संसदको आलोचना समेत गरे।
