काठमाडौँ – प्रधानमन्त्री केपी ओलीले शुक्रबार संसदीय दलको बैठक बस्ने निर्णय गरेका छन् । भोली बालुवाटारमा प्रधानमन्त्री केपी ओली आफ्नो दल नेकपा एमालेको संसदीय दलको बैठक बोलाएका हुन् ।
स्रोतका अनुसार बैठक भोली दिउँसो ३ बजे सरकारी निवास बालुवाटारमा बस्ने योजना छ । यसअघि बालुवाटारमा आयोजित संसदीय दलको बैठक माधवकुमार नेपाल समूहले बहिस्कार गरेको थियो ।
