काठमाडौँ — काठमाडौँमा वायु प्रदूषणको मात्रा बढेसँगै उपत्यकाका विद्यालयहरु चार दिन बन्द हुने भएका छन् । वायु प्रदूषणका कारण विद्यालयहरु भोलिदेखि चार दिन बन्द गर्न लागिएको शिक्षा मन्त्रालयले जनाएको छ ।

प्रदूषणका कारण बालबालिका र ज्येष्ठ नागरिक बढी प्रभावित हुुने भएकोले उनीहरुलाई सकेसम्म घरबाहिर ननिस्कन र निस्कनै परे सावधानी अपनाउन वन तथा वातावरण विभागले चैत १३ गते अपिल गरेको थियो ।

यस्तै, विभागले फोहोर बाल्दा प्रदूषण बढ्ने भएकाले आगो नबाल्न अपिल गरेको थियो । त्यसलाई नै मध्यनजर गर्दै भोलिदेखि गाडीहरु जोर–बिजोर प्रणालीमा चलाउने तयारी गरिएको छ ।

कोभिड–१९ महामारीका कारण गत वर्ष चैत ११ गतेबाट बन्द भएको विद्यालय यो वर्ष कात्तिकदेखि मात्र पूर्ण रुपमा सञ्चालनमा आएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here