हाजिरी जवाफ प्रतियोगिता हुँदै, विजेतालाई कति छ पुरस्कार ? (भिडियोसहित)

काठमाडौँ – नेशनल प्याब्सन काठमाडौँ महानगर समितिले काठमाडौँ जिल्ला व्यापी हाजिरी जवाफ प्रतियोगिता आयोजना गर्ने भएको छ ।

नेशनल प्याब्सन काठमाडौँको संयोजनमा हाजिरी जवाफ प्रतियोगिता हुने भएको हो । प्रतियोगिता चैत्र १९ गतेदेखि २१ गतेसम्म चल्ने आयोजकले जनाएको छ । प्रतियोगिता मातृभूमि शिक्षा सदन, बालुवाटारमा सञ्चालन हुने संवाद चौतारीमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो ।

कार्यक्रममा ६५ विद्यालयका ७५ टिमको सहभागिता रहने नेशनल प्याव्सन काठमाडौँ महानगर समिति अध्यक्ष भिष्म पाण्डेले बताए । एउटा समूहमा पाँच ओटा टिम राखेर कार्यक्रम संचालन गरिने आयोजकले जनाएको छ ।

एउटा समूहबाट दुई ओटा टिम अघिल्लो चरणमा प्रवेश गर्ने भएकाले जम्मा ३० ओटा टिम सेमीफाइनलमा जाने छन् । सेमीफाइनलबाट ५ ओटा टिमले फाइनलमा प्रतिस्पर्धा गर्ने अध्यक्ष पाण्डेको भनाई छ । प्रतियोगितामा प्रथम हुने टिमले १२ हजार रुपैयाँ, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने दोस्रोले ९ हजार, तेस्रोले ६ हजार चौथो र पाँचौँ ३ हजार रुपैयाँसहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगितामा कक्षा ९ सम्मका विद्यार्थीहरूको सहभागिता रहने नेशनल प्याब्सन काठमाडौँका महानगर सचिव मिन कुमार कोइरालाले बताए ।

सिफारिस

उत्कृष्ट कार्यसम्पादन गर्ने ३७ सैनिक सम्मानित (तस्वीरहरू)

काठमाडौं– नेपाली सेनामा उच्च पेसागत दक्षता, व्यावसायिक चरित्र तथा कार्यकुशलताका साथ जिम्मेवारी निर्वाह गर्ने ३७ जना सकलदर्जालाई प्रधानसेनापति महारथी अशोक राज सिग्देलले सम्मान गर्नुभएको...

राखेप उपाध्यक्षमा विशाल श्रेष्ठ नियुक्त, चार बोर्ड सदस्य पनि मनोनित

काठमाडौँ – शिक्षा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को उपाध्यक्षमा पूर्व राष्ट्रिय फुटबल टोलीका गोलकिपर विशाल श्रेष्ठलाई नियुक्त गरेको छ। लामो समय नेपाली...

मनसुनसँगै खेतका आलिमा भ्यागुताको ‘ट्वार–ट्वार’ (तस्वीरहरू)

काठमाडौँ — मनसुन सक्रिय भएसँगै देशका विभिन्न स्थानका खेतबारी र सिमसार क्षेत्रमा भ्यागुताको आवाज गुञ्जिन थालेको छ। धान रोपाइँको तयारी भइरहेका बेला खेतका आलि...

भर्खरै

राखेप उपाध्यक्षमा विशाल श्रेष्ठ नियुक्त, चार बोर्ड सदस्य पनि मनोनित

काठमाडौँ – शिक्षा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद्...

मनसुनसँगै खेतका आलिमा भ्यागुताको ‘ट्वार–ट्वार’ (तस्वीरहरू)

काठमाडौँ — मनसुन सक्रिय भएसँगै देशका विभिन्न स्थानका खेतबारी...

३ वर्षभित्रै जिम्मेवारी हस्तान्तरण गर्छु : मन्त्री महावीर पुन

काठमाडौँ - नवनियुक्त विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन...

रवि लामिछानेलाई अर्को राहत : कास्कीपछि पर्साले गर्‍यो संगठित अपराधको मुद्दा खारेज

वीरगञ्ज । पर्सा जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

मन्त्रीहरूलाई बाँडियो डीडीसीका चिजदेखि मोहीसम्म

काठमाडौँ– स्वदेशी उत्पादनको प्रवर्द्धन तथा दुग्ध क्षेत्रको सुदृढीकरणका लागि...

महिलाले धानेको कृषि क्षेत्र

विभिन्न समयकालमा देशका विभिन्न क्षेत्रमा गरिएका अध्ययन–अनुसन्धानबाट प्राप्त तथ्यांकले...

धेरै पढिएको