एटीएम ह्याक गरी पैसा निकाल्न लागेका चिनियाँ नागरिक पक्राउ

काठमाडौँ – काठमाडौंमा एटीएम ह्याक गरी पैसा निकाल्न लागेका चिनियाँ नागरिक पक्राउ परेका छन्।

काठमाडौं प्रहरी परिसरले मेगा बैंकको एटीएम मेसिनको किबोर्ड पिन नम्बर ह्याक गरी नगद निकाल्ने प्रयास गरिरहँदा पक्राउ गरेको हो। पक्राउ पर्नेमा चिनियाँ नागरिक २९ वर्षीय योङ छियालोङ रहेको काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले बताए।

बैंकबाट खबर आउनासाथ दरबारमार्ग र काठमाडौं परिसरबाट प्रहरी खटिएको थियो। उनी ज्याठास्थित होटल मन्टेसको चौथो तलाको ४०५ नं कोठामा बसेका थिए।

उनी बसेको कोठा खानतलासी गर्दा १० वटा विभिन्न किसिमका चाबि, विभिन्न खालका एटीएम कार्ड १० थान, ड्रिल मेसिन, चीन, अमेरिका र नेपाली रकम लगायत बरामद भएको छ। ती चिनियाँ नागरिक मंगलबार मात्रै नेपाल आएको पाइएको प्रहरीले जनाएको छ। उनले चीनमा हुँदै होटल बुक गरेका थिए।

उनले एटीएम मेसिन खोलेर सिरियल नम्बर फोटो खिचेका थिए। पैसा झिक्न भने पाएका थिएनन्। उनले धेरै बैंकमा क्षति पुर्‍याउने योजना देखिएको प्रहरीको अनुमान छ।

सिफारिस

पनौतीमा धान गोडमेलको चटारो (तस्वीरहरू)

काभ्रे - काभ्रेपलाञ्चोकको पनौती क्षेत्रमा यतिबेला किसानहरू धान गोडमेलमा व्यस्त छन्। धानबाली राम्रोसँग हुर्कियोस् र उत्पादन बढोस् भन्ने उद्देश्यले खेतमा उम्रिएको झार उखेल्ने तथा...

नेपाल मेडिसिटी र ललितपुर चेम्बर अफ कमर्सबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता

काठमाडौं – नेपाल मेडिसिटी हस्पिटल र ललितपुर चेम्बर अफ कमर्स (एलसीसी) बीच एलसीसीका पदाधिकारी, सदस्य, कर्मचारी तथा उनीहरूका प्रत्यक्ष आश्रितलाई सहुलियतपूर्ण स्वास्थ्य सेवा उपलब्ध...

जलन हुनासाथ के गर्ने ? यस्ता छन् ध्यान दिनुपर्ने कुराहरू

काठमाडौं - इन्टरबर्न नेपालका रिजनल अपरेसन म्यानेजर डा. अनिल धितालका अनुसार जलन भएपछि तत्काल अपनाइने प्राथमिक उपचारले बिरामीको अवस्था थप जटिल हुनबाट जोगाउन महत्वपूर्ण...

भर्खरै

नेपाल मेडिसिटी र ललितपुर चेम्बर अफ कमर्सबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता

काठमाडौं – नेपाल मेडिसिटी हस्पिटल र ललितपुर चेम्बर अफ...

जलन हुनासाथ के गर्ने ? यस्ता छन् ध्यान दिनुपर्ने कुराहरू

काठमाडौं - इन्टरबर्न नेपालका रिजनल अपरेसन म्यानेजर डा. अनिल...

किन बचेनन् गणेश नेपाली ? 

काठमाडौं । जलनका घटना नेपालमा पछिल्लो समय गम्भीर स्वास्थ्य...

गीग तथा प्लाटफर्म श्रमिकको यस्ता छन् १० बुँदे माग

काठमाडौं — नेपालभरका गीग तथा प्लाटफर्म आधारित श्रमिकहरूको प्रतिनिधित्व...

सडक नियम पालना गरे जरिवाना आफैँ घट्छ : एसएसपी काफ्ले

काठमाडौं । काठमाडौं उपत्यकामा बढ्दो सवारी चापलाई व्यवस्थित गर्न...

एनपीएलका लागि अक्सन सुरु (तस्बिरहरु)

नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि खेलाडी अक्सन...

धेरै पढिएको