काठमाडौँ – सहरी विकास मन्त्री प्रभु साहलाई भ्रष्टाचारी, हत्यारा र डन नम्बर वान रहेको सांसद दिलकुमारी साहले आरोप लगाएकी छिन् । प्रतिनिधि सभाको आजको बैठकको शून्य समयमा बोल्दै उनले यो आफूले आरोप लगाएको नभई सञ्चार माध्यमबाट सुनेको बताउनुभयो ।
मन्त्री शाहकै संलग्नतामा काशी तिवारी हत्यापछि उनकी श्रीमतीलाई आठ लाख रुपैयाँ दिएर मुख बन्द गर्न खोजिएको आरोप लगाउदै उनले कसैको श्रीमान मूल्य तोक्ने पीडितलाई न्यायको साट्टो पैसा दिएर चुप गराउने मन्त्री नम्बर वान डन भएको आरोप लगाइन् ।
