काठमाडौं – नेकपा एमालेका नेपालसहित १५ नेताले अपिल सार्वजनिक गर्दै नेकपा एमाले पार्टी आज अचानक विभाजन र विसर्जनको डिलमा पुगेको बताएका छन् । ७२ औँ पार्टी स्थापना दिवसका सन्दर्भमा एकताको अपिल गर्दै उनीहरुले यस्तो बताएका हुन् ।

‘केपी ओलीका क्रियाकलापले पार्टीको विधान, परम्परा, सामान्य लोकतान्त्रिक मूल्यहरूको समेत धज्जी उडाएको छ । र, सयौँ सहिद, लाखौँ पार्टी सदस्य, शुभचिन्तक तथा समर्थकहरूको भावनामाथि खेलबाड गरेको छ ।

“एमालेको एकता जोगाउन सकियो भने नेपाली कम्युनिष्ट आन्दोलनको रक्षा गर्ने आधार जोगिन्छ । यही अठोटका साथ ७२ वर्षको मिहेनतले निर्माण भएको कम्युनिष्ट आन्दोलनको रक्षा र विकास गर्न सवैले आ आफ्नो ठाउँबाट प्रयाश गरौं । पार्टी स्थापना दिवसको सन्दर्भमा कम्युनिष्ट पार्टीका आम नेता तथा कार्यकर्ता र समर्थक सुभचिन्तक सवैमा हामी यही हार्दिक अपिल गर्दछौं,” उनीहरुले भनेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here