काठमाडौं – नेपाली बजारमा आज मंगलबार सुनचाँदीको मूल्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ३ सयले बढेर ९४ हजार १ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार छापावाला सुन तोलाको ९३ हजार ८ सयमा कारोबार भएको थियो ।

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ६ सय रहेको छ ।

त्यसैगरी आज चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैँयाले बढेर तोलामा १३५५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here