नेपाली बजारमा आज बिहिबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन सय रुपैयाँले घटेर ९३ हजार ९०० रुपैयाँ कायम भएको हो । हिजो बजारमा सुन प्रतितोला ९४ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार आज तेजाबी सुन पनि तोलामा ३०० रुपैयाँले घट्दै ९३ हजार ४०० रुपैयाँ कायम भएको छ ।
यस्तै चाँदी भने गत बुधबारको मूल्यमा ५ रुपैयाँले बढेर प्रतितोला एक हजार ३५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ