ढल्यो एमाले सरकार, गुरुङले पाएनन् विश्वासको मत

पोखरा – एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार विश्वासको मत प्राप्त गर्न असफल भएको छ । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बिहीबार प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गरेकोमा उनले बहुमत प्राप्त गर्न सकेनन् । यससँगै मुख्यमन्त्री गुरुङ पदमुक्त बनेका छन् ।

आज प्रदेश सभामा मुख्यमन्त्री गुरूङले विश्वासको मतको प्रस्ताव राखेका थिए। उक्त प्रस्तावमा मतदान भएको थियो। मतदानमा ५८ जना प्रदेश सभा सदस्य उपस्थित थिए भने ५७ जनाले मतदान गरेका थिए।

मुख्यमन्त्री गुरूङको पक्षमा २७ मत आएको छ भने विपक्षमा ३० मत आएको छ।

मुख्यमन्त्री गुरूङलाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र राष्ट्रिय जनमोर्चाका सांसदले भोट दिएका थिएनन्। ३ जना सांसद रहेको जनमोर्चाका एक सांसद भने तटस्थ बसेका छन्।

प्रदेश सभामा आज खेलकूद मन्त्री राजिव गुरूङ उपस्थित भएनन्। उनी स्वतन्त्र सांसद छन्। अब शुक्रबार बिहान ११ बजे प्रदेश सभाको बैठक बस्ने सभामुख नेत्रप्रसाद अधिकारीले बताए।

गत वैशाख २९ गते मुख्यमन्त्रीमा दोस्रो पटक नियुक्त भएका गुरुङले संवैधानिक प्रावधानअनुसार विहीबार विश्वासको मत लिन प्रयास गरेका थिए । विश्वासको मत प्राप्त नगरेपछि अब प्रदेशमा के हुन्छ भन्नेमा चासो बढेको छ । यद्यपि विपक्षी गठबन्धनले आफ्नो नेतृत्वमा नयाँ सरकार बन्न सक्ने जिकिर गर्दै आएको छ ।

प्रदेशसभाको बिहीबार बसेको बैठकमा गुरुङले भने विश्वासको मतसम्बन्धी प्रस्ताव विफल भएमा संविधानअनुसार अघि बढ्ने बताएका थिए ।

संघीय सरकारले झैं गण्डकी प्रदेश सरकारले पनि मध्यावधि निर्वाचनको घोषणा गर्ने त होइन भन्ने आशंका बढिरहेका बेला मुख्यमन्त्री गुरुङले प्रदेशसभाको विश्वासको गुमाएका हुन् । उनले प्रदेशसभामा विपक्षी गठबन्धनको बहुमत पुग्ने सम्भावना नरहेको र यो तथ्य एक महिनाअघि प्रमाणित भएको दाबी गरे ।

सिफारिस

खाद्य प्रविधि विभागले भन्यो: जथाभावी इनर्जी ड्रिङ्क्स नपिउनुस्

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जथाभावी इनर्जी ड्रिङ्क्स नपिउन आग्रह गरेको छ । बालबालिका, गर्भवती तथा सुत्केरी, मधुमेहलगायतका रोग भएका व्यक्तिलार्ई इनर्जी ड्रिङ्क्स...

प्रमाण दिँदा पनि एक महिनासम्म भेटिएन फोटो पत्रकार दिपेन्द्रको मोबाइल, प्रहरी अनुसन्धानमाथि प्रश्न

काठमाडौं - फोटो पत्रकार दीपेन्द्र महर्जनको चोरी भएको 'स्यामसङ ग्यालेक्सी एस२५ अल्ट्रा' मोबाइल एक महिना बितिसक्दा पनि फेला पर्न सकेको छैन। चोरीमा संलग्न व्यक्तिको...

क्यानाडामा नोभेम्बर १ मा प्रोफेसनल अचिभमेन्ट अवार्ड हुने

टोरन्टो (क्यानाडा) : सिजन मिडिया प्रालिको आयोजनामा क्यानाडाको टोरन्टोमा आगामी नोभेम्बर १ मा ‘प्रोफेसनल अचिभमेन्ट अवार्ड क्यानाडा २०२६’ आयोजना हुने भएको छ । क्यानाडा तथा...

भर्खरै

क्यानाडामा नोभेम्बर १ मा प्रोफेसनल अचिभमेन्ट अवार्ड हुने

टोरन्टो (क्यानाडा) : सिजन मिडिया प्रालिको आयोजनामा क्यानाडाको टोरन्टोमा...

ड्रोन दृश्यमा हेर्नुस् दर्शकले खचाखच भरिएको त्रिवि क्रिकेट मैदान (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणअन्तर्गत...

पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउन खोजिएको भन्दै विश्व हिन्दु परिषद् नेपालको आपत्ति

काठमाडौँ - पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित डेरा इस्माइल खान...

यस्तो देखियो एनपीएलका लागि तयार गरिएको त्रिवि क्रिकेट मैदान (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका...

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक...

धेरै पढिएको