काठमाडौँ– नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । मंगलबार स्थिर रहेको सुनको मूल्य बुधबार तोलामा १५०० रुपैयाँले बढेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज छावापाल सुन ९३ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै तेजावी सुन तोलामा ९२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य पनि बढेको छ । नयाँ मूल्य अनुसार चाँदी आज तोलामा १ हजार ३६० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला १ हजार ३३० रुपैयाँमा कारोबार भएको थियो ।