काठमाडौं – नेपाली बजारमा आज विहिबार सुनचाँदीको मुल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ८ सयले बढेर प्रतितोला ९० हजार ८ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार छापावाला सुन तोलाको ९० हजारमा कारोबार भएको थियो ।
त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ३ सय कायम रहेको छ ।
यस्तै आज चाँदीको मूल्य पनि तोलामा २० रुपैँयाले बढेर प्रतितोला १३१० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
