काठमाडौँ – नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य बढेको छ। आज सुन प्रतितोला ३०० रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३०० रुपैयाँले बढेर ९२ हजार ७०० रुपैयाँ पुगेको हो ।
यस्तै आज तेजाबी सुन समेत गत मंगलबारको तुलनामा प्रतितोला ३०० रुपैयाँले नै बढेर ९२ हजार २०० रुपैयाँ कायम भएको छ ।
यता चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँले घटेर आज एक हजार ३१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।