काठमाडौं –  केपी ओली नेतृत्वको सरकारले ल्याएको बजेट आजबाट पूर्ण रुपमा लागू भएसँगै सरकारी कर्मचारीको तलब बढेको छ। अब कर्मचारीले साउनको तलब २ हजार रुपैयाँ बढेर पाउने छन्।

यसअघि दिँदै आएको २ हजार भत्तालाई निरन्तरता दिँदै सरकारले तलब २ हजार रुपैयाँले बढाइदिएको थियो। जेठ १५ को बजेटपछि सबै तहका कर्मचारीको तलब २ हजारले बढेको हो।

२ हजार तलब निजामतिबाहेक शिक्षक, नेपाली सेना, प्रहरीलगायतका कर्मचारीको पनि बढेको हो।सरकारले २ वर्षदेखि तलब सुविधा बढाएको थिएन। आजैबाट सामाजिक सुरक्षा भत्ता पनि बढेको छ। अब वृद्धवृद्धाले मासिक ४ हजार भत्ता पाउने छन्। सरकारले ३ हजारको भत्तालाई ४ हजार पुर्‍याएको हो।

सरकारले कर्मचारीलाई घुमघाम काज दिने भएको छ । अर्थमन्त्रीका रूपमा विष्णु पौडेलले घुमघाम काजको घोषणा गरेका थिए । अब सरकारी कर्मचारीले घुमघाम काज अन्तर्गत वर्षमा १० दिन भ्रमण बिदा पाउनेछन् । र १ लाखको स्वास्थ्य बीमा सरकारले गरिदिनेछ ।

कसको कति पुग्यो ?

दर्जा     हालको तलब     वृद्धिपछि आउने तलब
मुख्यसचिव – ६५१४०           ६७१४०
सचिव         ६०६८०           ६२६८०
सहसचिव      ४७३८०          ४९३८०
उपसचिव      ४०३८०          ४२३८०
शाखा अधिकृत ३५९९०         ३७९९०
नायबसुब्बा      २८२००         ३०२००
खरिदार         २६६१०        २८६१०
कार्यालय सहयोगी २६५७०     २८५७०

नोट : यो न्यूनतम तलबमान हो । यसमा ग्रेड र अन्य सेवासुविधा समावेश गरिएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here