काठमाडौँ – नेपाली बजारमा आज बुधबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९० हजार ३०० रुपैयाँ कायम भएकोमा बुधबार चार सय रुपैयाँले घटेर ८९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।
बुधबार छापावाल सुन प्रति १० ग्राम ७७ हजार ७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । त्यसैगरी, तेजाबी सुन प्रतितोला ८९ हजार ४ सय ५० रुपैयाँ कायम भएको छ ।
त्यस्तै, तेजाबी प्रति १० ग्राम ७६ हजार ६ सय ९० रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।
बुधबार पनि चाँदीको मूल्य भने स्थिर छ । बुधबार चाँदीको मूल्य प्रतितोला एक हजार १ सय ६० रुपैयाँ कायम भएको छ । त्यस्तै, चाँदीको मूल्य प्रति १० ग्राम ९ सय ९४ रुपैयाँ ५० पैसा कायम भएको महसंघले जनाएको छ ।