एकीकृत समाजवादीले थप्यो १ उपमहासचिवसहित ३ सचिव, को -कोले पाए जिम्मेवारी ?

नेकपा एकीकृत समाजवादीले १ जना उपमहासचिव थप्ने निर्णय गरेको छ । यसअघि  तीन उपमहासचिव रहेकामा अब चार हुने छन्।  आज बानेश्वरमा बसेको स्थायी कमिटी बैठकले जगन्नाथ खतिवडालाई उपमहासचिव बनाउने निर्णय गरेको हो ।

त्यस्तै, ३ जना सचिव पनि थप्ने निर्णय भएको बैठकपछि सञ्चारकर्मीसँग खतिवडाले जानकारी दिए । ‘पार्टीले अहिलेको परिस्थितिलाई हेर्दै १ उपमहासचिव थप्ने निर्णय गरेको छ । ३ जना सचिव थप्ने भएको छ । त्यसमध्ये एक गरिमा शाह, जीवनराम श्रेष्ठ, भागवत विश्वास हुनुहुन्छ,’ खतिवडाले भने ।

त्यस्तै, आफ्नाे पार्टीले ४ वटा मन्त्रालय पाउने पनि उनले जानकारी दिए । जसमा शहरी विकास, स्वास्थ्य, पर्यटन र श्रम मन्त्रालय रहेको छ । ‘हामीले ४ मन्त्रालयमा चित्त बुझायौं । अरु केही प्राविधिक कारणहरु पनि छन्,’ खतिवडाले भने ।

उनका अुनसार भोलि वा पर्सिभित्र मन्त्रिपरिषदले पूर्णता पाउनेछ । साथै, डा. विजय गुरुङको संयोजकत्वमा सम्पर्क समन्वय कमिटी गठन गरिएको पनि उनले जानकारी दिए ।

३०१ जना केन्द्रीय सदस्यको नामावली टुंगो लगाइसकेको भन्दै भोलि वा पर्सि नामावली सार्वजनिक गर्ने उनले बताए । ‘केन्द्रीय कमिटीको संख्या सार्वजनिक गर्न आज गृहकार्य गर्यौँ । केन्द्रीय सचिवालयले भोलि टुंगो गर्नेछ । भोलि वा पर्सिमा नामहरू सार्वजनिक गर्नेछौँ । ३०१ को नाम फाइनल भइसकेको छ,’ उनले भने ।

बैठकले ३०१ केन्द्रीय सदस्यको नाम टुंग्याएको र केन्द्रीय सचिवालयले त्यसमा भोलि थप गृहकार्य गरेर पर्सि नाम सार्वजनिक गरिनेछ। बैठकले केन्द्रीय आयोगमा ३५ सदसय हुने, स्थानीय कमिटीमा ६ पदाधिकारी रहने, जिल्ला कमिटीमा आधारभूत संख्या १०१ हुने र प्रत्येक प्रादेशिक निर्वाचन क्षेत्रबाट ५ जना जिल्ला कमिटीमा रहने पनि निर्णय गरेको छ।

पोलिटब्युरो चाँडै गठन गर्ने पनि बैठकले निर्णय गरेको छ। बिजय गुरुङको संयोजकत्वमा सम्पर्क समन्वय कमिटी गठन पनि भएको छ।

त्यस्तै बेदुराम भुसालको नेतृत्वमा प्रकाश ज्वाला, जगन्नाथ खतिवडा, गंगालाल तुलाधर र विजय गुरुङ रहेको केन्द्रीय कार्यालय स्थापना गरेको र भुसालकै नेतृत्वमा ११ जना सदस्य केन्द्रीय सचिवालय पनि गठन गरेको बताइएको छ।

सिफारिस

ड्रोन दृश्यमा हेर्नुस् दर्शकले खचाखच भरिएको त्रिवि क्रिकेट मैदान (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणअन्तर्गत उद्घाटन खेलका क्रममा काठमाडौँको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान दर्शकले खचाखच भरिएको छ। सोमबारदेखि सुरु भएको...

पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउन खोजिएको भन्दै विश्व हिन्दु परिषद् नेपालको आपत्ति

काठमाडौँ - पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित डेरा इस्माइल खान जिल्लामा रहेको करिब २०० वर्ष पुरानो ऐतिहासिक रामलीला मन्दिर भत्काएर सपिङ प्लाजा निर्माण गर्न लागिएको...

यस्तो देखियो एनपीएलका लागि तयार गरिएको त्रिवि क्रिकेट मैदान (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान तयार पारिएको छ। प्रतियोगितालाई लक्षित गर्दै मैदानको...

भर्खरै

पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउन खोजिएको भन्दै विश्व हिन्दु परिषद् नेपालको आपत्ति

काठमाडौँ - पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित डेरा इस्माइल खान...

यस्तो देखियो एनपीएलका लागि तयार गरिएको त्रिवि क्रिकेट मैदान (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका...

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

धेरै पढिएको