नेपालले युएईलाई ५ विकेटले हरायो

काठमाडौं– आइसिसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताका लागि जिम्बावेमा रहेको नेपालले अभ्यास खेलमा सफलता हात पारेको छ। मंगलबार भएको अभ्यास खेलमा नेपालले युएईलाई ५ विकेटले पराजित गरेको हो।

युएईले दिएको १ सय ७२ रनको लक्ष्य नेपालले २८.२ ओभरमा ५ विकेटको क्षतिमा पार गर्‍यो।

नेपालको जितमा शरद भेषावकरले नटआउट ४१ तथा आरिफ शेखले नटआउट २३ रन जोडे। शरदले ५४ बल खेल्दा १ छक्का हिर्काए। आरिफ १५ बलमा २ चौका र १ छक्का प्रहार गरे।

त्यसअघि नेपालका लागि कप्तान पारस खड्काले २८ रनको योगदान गरे। उनले ३९ बलमा १ चौका प्रहार गरे। आक्रमक रुपमा प्रस्तुत भएका दीपेन्द्रसिंह ऐरीले ४१ रनको योगदान दिए। उनले ३२ बलमा ४ चौका र १ छक्का प्रहार गरे। खराब सुरुवात गरेको नेपालका ओपनिङ ब्याट्सम्यान दिलीप नाथ ४ तथा ओपनर ज्ञानेन्द्र मल्ल १२ रनमा आउट भए। अनिलकुमार साह ११ रनमा आउट भएका थिए। तेस्रो नम्बरमा ब्याटिङ गरेका उनले १६ बलमा १ चौका हिर्काए। ्

बलिङतर्फ युएईका अमिर हायतले २ विकेट लिए।

मंगलबार जिम्बावेको क्वेक्वे मैदान ओसिलो भएका कारण २९ ओभरमा घटाइएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको युएई २८.५ ओभरमा १ सय ७१ रनमा अलआउट भयो।

युएईका ओपनिङ ब्याट्सम्यान अस्फक अहमेदले ४२ रन जोडे। ललित राजवंशीको बलमा आरिफ शेखबाट क्याच हुनुअघि उनले ५१ बलमा ४ चौका र १ छक्का प्रहार गरे। त्यसअघि ओपनर तथा कप्तान रोहन मुस्ताफालाई ४ रनको झिनो स्कोरमा ललित भण्डारीले आउट गरे।

यस्तै गुलाम सब्बेरले ३२ रनको योगदान दिए। उनलाई कप्तान पारस खड्काले बोल्ड गरेका थिए। रमिज शाहजादलाई राजवंशीले शून्य रनमा आउट गर्दा शैनमान अनवारले १६ रन जोडे। अनवारलाई भण्डारीले करण केसीबाट क्याच गराएका थिए। मोहमद उस्मानलाई पनि भण्डारीले २६ रन बनाएर खेलिरहदा आउट गरे। लगत्तै उनले मोहमद बोतालाई १ रनमा आउट गरे।

करण केसीले अन्तिम ओभरमा अडनान मुफ्तीलाई ३७ रन र मोहमद नाभीदलाई १ रनमा आउट गरेका थिए।  एक बल बाँकी छदा चिराग सुरीलाई पनि उनले सिकार बनाए।

बलिङतर्फ नेपालका ललित भण्डारीले ४ विकेट लिन सफल भए। करण केसीले ३ विकेट हात पारे। उनले ३ वटै विकेट अन्तिम ओभरमा लिएका थिए। ललित राजवंशी २ विकेट लिए। कप्तान पारस खड्काले १-१ विकेट हात पारे।

दोस्रो अभ्यास खेलमा नेपालले बिहीबार हङकङसँग प्रतिस्पर्धा गर्नेछ।

छनोट प्रतियोगितामा नेपाल समूह ‘बी’मा छ। समूहमा नेपाल र आयोजक जिम्बावेसँगै स्कटल्यान्ड, अफगानिस्तान र हङकङ छन्।

डिभिजन–२ मा दोस्रो हुँदै एकदिवसीय विश्वकप क्रिकेटको छनोट प्रतियोगितामा स्थान बनाएको नेपालले पहिलो खेल फागुन २० गते आयोजक जिम्वाबेसँग खेल्नेछ।

नेपाली टिम 
पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, शक्तिप्रसाद गौचन, बसन्त रेग्मी, शरद भेषावकर, सोमपाल कामी, करण केसी, आरिफ शेख, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, दिलीप नाथ, ललित भण्डारी, अनिलकुमार साह, रोहितकुमार पौडेल र ललितनारायण राजवंशी
वैकल्पिक खेलाडी– सुनिल धमला, विनोद भण्डारी, सिद्धान्त लोहनी र किशोर महतो।

विश्वकप छनोटमा नेपालको खेल
फागुन २० गते – जिम्बावे विरुद्ध – क्विन्स स्पोर्ट्स क्लब
फागुन २४ गते– स्कटल्यान्ड विरुद्ध – क्विन्स स्पोर्ट्स क्लब
फागुन २६ गते–  अफगानिस्तान विरुद्ध – बुलावायो एथ्लेटिक क्लब
फागुन २८ गते – हङकङ विरुद्ध – क्विन्स स्पोर्ट्स क्लब

सिफारिस

‘काठमाडौँ फिल्म फेस्टिभल’ को रेड कार्पेटमा स्वदेशी तथा विदेशी कलाकार (तस्बिरहरू)

काठमाडौँ- काठमाडौँमा जारी तीनदिने ‘काठमाडौँ फिल्म फेस्टिभल’ को दोस्रो दिन आयोजित रेड कार्पेट समारोहमा स्वदेशी तथा विदेशी कलाकार, फिल्मकर्मी र विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको...

डोल्पा कारागारबाट सुरुङ खनेर यसरी भागेका थिए आठ कैदी (तस्बिरहरू)

डोल्पा - डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट सुरुङ खनेर आठ जना कैदी फरार भएका छन्। शुक्रबार राति कारागारभित्र ४ मिटर ६३ सेन्टिमिटर लामो सुरुङ...

सांस्कृतिक उत्सवका साथ सुरु भयो ‘काठमाडौँ फिल्म फेस्टिभल’ (तस्बिरहरू)

काठमाडौँ-  काठमाडौँमा शुक्रबारदेखि पहिलो ‘काठमाडौँ फिल्म फेस्टिभल’ सुरु भएको छ। काठमाडौँ महानगरपालिकाको आयोजनामा सुरु भएको तीनदिने महोत्सवको उद्घाटन समारोहमा सहभागी अतिथिहरूलाई महाकाली नाचलगायत विभिन्न...

भर्खरै

डोल्पा कारागारबाट सुरुङ खनेर यसरी भागेका थिए आठ कैदी (तस्बिरहरू)

डोल्पा - डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट सुरुङ खनेर...

सांस्कृतिक उत्सवका साथ सुरु भयो ‘काठमाडौँ फिल्म फेस्टिभल’ (तस्बिरहरू)

काठमाडौँ-  काठमाडौँमा शुक्रबारदेखि पहिलो ‘काठमाडौँ फिल्म फेस्टिभल’ सुरु भएको...

खाद्य प्रविधि विभागले भन्यो: जथाभावी इनर्जी ड्रिङ्क्स नपिउनुस्

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जथाभावी इनर्जी ड्रिङ्क्स...

क्यानाडामा नोभेम्बर १ मा प्रोफेसनल अचिभमेन्ट अवार्ड हुने

टोरन्टो (क्यानाडा) : सिजन मिडिया प्रालिको आयोजनामा क्यानाडाको टोरन्टोमा...

ड्रोन दृश्यमा हेर्नुस् दर्शकले खचाखच भरिएको त्रिवि क्रिकेट मैदान (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणअन्तर्गत...

धेरै पढिएको