नेपालले युएईलाई ५ विकेटले हरायो

काठमाडौं– आइसिसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताका लागि जिम्बावेमा रहेको नेपालले अभ्यास खेलमा सफलता हात पारेको छ। मंगलबार भएको अभ्यास खेलमा नेपालले युएईलाई ५ विकेटले पराजित गरेको हो।

युएईले दिएको १ सय ७२ रनको लक्ष्य नेपालले २८.२ ओभरमा ५ विकेटको क्षतिमा पार गर्‍यो।

नेपालको जितमा शरद भेषावकरले नटआउट ४१ तथा आरिफ शेखले नटआउट २३ रन जोडे। शरदले ५४ बल खेल्दा १ छक्का हिर्काए। आरिफ १५ बलमा २ चौका र १ छक्का प्रहार गरे।

त्यसअघि नेपालका लागि कप्तान पारस खड्काले २८ रनको योगदान गरे। उनले ३९ बलमा १ चौका प्रहार गरे। आक्रमक रुपमा प्रस्तुत भएका दीपेन्द्रसिंह ऐरीले ४१ रनको योगदान दिए। उनले ३२ बलमा ४ चौका र १ छक्का प्रहार गरे। खराब सुरुवात गरेको नेपालका ओपनिङ ब्याट्सम्यान दिलीप नाथ ४ तथा ओपनर ज्ञानेन्द्र मल्ल १२ रनमा आउट भए। अनिलकुमार साह ११ रनमा आउट भएका थिए। तेस्रो नम्बरमा ब्याटिङ गरेका उनले १६ बलमा १ चौका हिर्काए। ्

बलिङतर्फ युएईका अमिर हायतले २ विकेट लिए।

मंगलबार जिम्बावेको क्वेक्वे मैदान ओसिलो भएका कारण २९ ओभरमा घटाइएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको युएई २८.५ ओभरमा १ सय ७१ रनमा अलआउट भयो।

युएईका ओपनिङ ब्याट्सम्यान अस्फक अहमेदले ४२ रन जोडे। ललित राजवंशीको बलमा आरिफ शेखबाट क्याच हुनुअघि उनले ५१ बलमा ४ चौका र १ छक्का प्रहार गरे। त्यसअघि ओपनर तथा कप्तान रोहन मुस्ताफालाई ४ रनको झिनो स्कोरमा ललित भण्डारीले आउट गरे।

यस्तै गुलाम सब्बेरले ३२ रनको योगदान दिए। उनलाई कप्तान पारस खड्काले बोल्ड गरेका थिए। रमिज शाहजादलाई राजवंशीले शून्य रनमा आउट गर्दा शैनमान अनवारले १६ रन जोडे। अनवारलाई भण्डारीले करण केसीबाट क्याच गराएका थिए। मोहमद उस्मानलाई पनि भण्डारीले २६ रन बनाएर खेलिरहदा आउट गरे। लगत्तै उनले मोहमद बोतालाई १ रनमा आउट गरे।

करण केसीले अन्तिम ओभरमा अडनान मुफ्तीलाई ३७ रन र मोहमद नाभीदलाई १ रनमा आउट गरेका थिए।  एक बल बाँकी छदा चिराग सुरीलाई पनि उनले सिकार बनाए।

बलिङतर्फ नेपालका ललित भण्डारीले ४ विकेट लिन सफल भए। करण केसीले ३ विकेट हात पारे। उनले ३ वटै विकेट अन्तिम ओभरमा लिएका थिए। ललित राजवंशी २ विकेट लिए। कप्तान पारस खड्काले १-१ विकेट हात पारे।

दोस्रो अभ्यास खेलमा नेपालले बिहीबार हङकङसँग प्रतिस्पर्धा गर्नेछ।

छनोट प्रतियोगितामा नेपाल समूह ‘बी’मा छ। समूहमा नेपाल र आयोजक जिम्बावेसँगै स्कटल्यान्ड, अफगानिस्तान र हङकङ छन्।

डिभिजन–२ मा दोस्रो हुँदै एकदिवसीय विश्वकप क्रिकेटको छनोट प्रतियोगितामा स्थान बनाएको नेपालले पहिलो खेल फागुन २० गते आयोजक जिम्वाबेसँग खेल्नेछ।

नेपाली टिम 
पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, शक्तिप्रसाद गौचन, बसन्त रेग्मी, शरद भेषावकर, सोमपाल कामी, करण केसी, आरिफ शेख, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, दिलीप नाथ, ललित भण्डारी, अनिलकुमार साह, रोहितकुमार पौडेल र ललितनारायण राजवंशी
वैकल्पिक खेलाडी– सुनिल धमला, विनोद भण्डारी, सिद्धान्त लोहनी र किशोर महतो।

विश्वकप छनोटमा नेपालको खेल
फागुन २० गते – जिम्बावे विरुद्ध – क्विन्स स्पोर्ट्स क्लब
फागुन २४ गते– स्कटल्यान्ड विरुद्ध – क्विन्स स्पोर्ट्स क्लब
फागुन २६ गते–  अफगानिस्तान विरुद्ध – बुलावायो एथ्लेटिक क्लब
फागुन २८ गते – हङकङ विरुद्ध – क्विन्स स्पोर्ट्स क्लब

सिफारिस

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को २१औँ साधारणसभा तथा बडादशैँ, तिहार, नेपाल संवत् र छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम शनिबार...

एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, वैशाखमा अन्तर्राष्ट्रिय फोटोग्राफी समिट गर्ने घोषणा

काठमाडौँ - राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) को २९औँ वार्षिक साधारण सभा शनिबार काठमाडौँको हात्तिसारमा सम्पन्न भएको छ । साधारण सभाले फोटो पत्रकारहरूको...

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण : २१ सञ्चारकर्मीलाई प्रमाणपत्र प्रदान

बर्दिबास - नेपाली सेनाको श्री मध्य पूर्वी पृतना हेडक्वार्टर, बर्दिबासमा सञ्चालन भएको चारदिने रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। गत असोज २० गतेदेखि सञ्चालन...

भर्खरै

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण : २१ सञ्चारकर्मीलाई प्रमाणपत्र प्रदान

बर्दिबास - नेपाली सेनाको श्री मध्य पूर्वी पृतना हेडक्वार्टर,...

नेपाली सेनालाई बेलायतमा सम्पन्न ‘क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं - नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास...

एनपीएलको तेस्रो संस्करणका लागि यसरी सजिँदैछ कीर्तिपुर (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै...

प्रधान सेनापति सिग्देलद्वारा बेलायती सेनाका उच्च अधिकारीसँग भेटवार्ता

काठमाडौं - संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहनुभएका प्रधान...

कांग्रेस १५औँ महाधिवेशन : केन्द्रीय सदस्यमा रामकृष्ण चित्रकारको उम्मेदवारी

काठमाडौं - नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदका...

धेरै पढिएको