एमालेका थकालीलाई २ मतले पराजित गर्दै कांग्रेसका लालचन निर्वाचित

मुस्ताङको घरपझोङ गाउँपालिकामा कांग्रेस विजयी भएको छ । शनिबार बिहान सकिएको मत गणनाअनुसार घरपझोङ गाउँपालिका प्रमुखमा कांग्रेसका मोहनसिंह लालचन निर्वाचित भएका हुन् ।

लालचनसँग एमालेका सञ्जयकुमार थकाली २ मतले पराजित भएको एमालेकी केन्द्रीय सदस्य श्रीमाया थकालीले जानकारी दिइन् । यसैगरी उपाध्यक्षमा कांग्रेसकै जमुना थकाली निर्वाचित भएकी छिन् । थकालीले ६९३ मत ल्याउँदा उनकी प्रतिद्वन्द्वी एमालेकी मीमकुमारी शेरचनले ६१८ मत पाइन् ।

त्यस्तै मनाङकै नार्पाभूमि गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका कोन्जो तेन्जिङ लामा विजयी भएका छन् । योसँगै स्थानीय तह निर्वाचन २०७९मा नेपाली कांग्रेसले जितको खाता खोलेको छ । १५८ मत ल्याएर लामा विजयी भएका हुन् ।

मध्यरातमा सकिएको मतगणनाअनुसार लामाका निकटतम् प्रतिद्वन्द्ववी स्वतन्त्र उम्मेदवार कृष्णबहादुर लामा १११ मत पाएका छन् । ४ सय ८४ मतदाता रहेको गाउँपालिकामा ३०४ मत खसेको थियो । ३५ मत भने बदर भएको छ ।

लालझाडी गाउँपालिका–६ को वडा अध्यक्षमा कांग्रेसका हर्कनारायण जोशी निर्वाचित भएका छन् । जोशीले ४६४ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका फुलाराम चौधरीले ३४९ मत प्राप्त गरेका छन् । तेस्रो स्थानमा रहेका नेकपा एमालेका जितबहादुर चौधरीले २६६ मत ल्याए ।

वडा सदस्यहरुमा पनि नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । त्यस्तै गुल्मीको रेसुङ्गा नगरपालिकामा २ को वडाध्यक्षमा काङ्ग्रेसका हिराबहादुर थापा ४८२ मतसहित विजयी भएका छन। वडामा काङ्ग्रेसले प्यानलै जितेको हो।मेयरमा पनि कांग्रेसले सुरुवाती अग्रता लिएको छ।

गठबन्धनका तर्फबाट प्रमुखमा उम्मेदवारी दिएका नेपाली कांग्रेसका खिलध्वज पन्थीले १८२९ मत सहित अग्रता लिइरहेका छन्।उनलाई नेकपा एमालेका राजेन्द्रप्रसाद पाण्डेयले १३ सय ६५ मतसहित पछ्याइरहेका छन्।

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको