काठमाडौं – नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द्र विप्लवले आफना दलका कार्यकर्तालाई धेरै धरौटी मागेको भन्दै न्यायाधीशहरुलाई घरबाट थुतेर कुट्नुपर्ने बताएका छन्।
बुधबार राजधानीमा आयोजित पार्टी धु्रविकरण तथा प्रशिक्षण कार्यक्रममा महासचिव विप्लव अमेरिकी सहयोग परियोजना (एमसीसी)विरुद्ध आन्दोलनमा उत्रिँदा पक्राउ परेका विद्यार्थीहरुसँग लाखौ रुपैयाँ धेरौटी मागेको बताए ।
उनले भने, ‘एउटा पढिरहेका विद्यार्थीलाई १० लाख, पाँच लाख धरौटी माग्ने हो ? देश बेच्न पाइँदैन भनेर आन्दोलन गर्ने युवालाई पक्रेर ३ लाख रुपैयाँ धरौटी माग्ने हो ? यो न्यायाधीश को हो ? यीनलाई त घरघर गएर थुतेर कुट्नुपर्छ ।’
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले देश बचाउन लडेका आफ्ना कार्यकर्तालाई रिहा गर्न यति धेरै धरौटी माग गर्ने न्यायाधीश को हुन? भनेर पटकपटक प्रश्न गरे।
महासचिव विप्लवले उक्त आन्दोलनका क्रममा गिरफ्तार आफ्ना पार्टीमा आवद्ध विद्यार्थीहरुलाई अदालतले धेरै धरौटी मागेको उल्लेख गर्दै तिर्न गाह्रो भएको अभिव्यक्तिसहित आक्रोश व्यक्त गरे।
महासचिव विप्लवले एमसीसी संसदबाट पारित भएपनि त्यसलाई कार्यान्वयन हुन नदिने अडान समेत दोहोर्याए। उनले क्रान्ति गर्न डराएकाहरुले मात्रै आफ्नो पार्टी छाडेको दावी गरेका छन्।
