कति पाउँछन् वडा सदस्यदेखि महानगरका मेयरसम्मले तलब ? (सूचीसहित)

काठमाडौं – स्थानीय तहका पदाधिकारीहरूको सेवा सुविधा प्रदेश सरकारहरूले तोक्ने गरेका छन्। नेपालको संविधानमै स्थानीय तहका पदाधिकारीको सेवा सुविधा प्रदेश सरकारले बनाएको कानुनअनुसार हुनेछ भनी व्यवस्था गरिएको छ। त्यसैले प्रत्येक प्रदेश सरकारले छुट्टाछुट्टै कानुन बनाएर स्थानीय तहका पदाधिकारीको सेवा सुविधा तोकेका छन्।

बागमती प्रदेश सरकारले बनाएको कानुनमा महानगरपालिका तथा उपमहानगरपालिका मेयरको मासिक तलब ४२ हजार तथा ४० हजार रूपैयाँ तोकेको छ। यसबोहक सञ्चार सुविधामा मेयरले मासिक ३ हजार तथा उपमेयरले २ हजार ५ सय रूपैयाँ पाउने गरेका छन्।

स्थानीय तहका पदाधिकारी तथा सदस्यहरूले पाउने सुविधाका सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनमा गाउँपालिकाका सबै पदाधिकारीको सेवा सुविधा तथा भत्ता छुट्टाछुट्टै तोकिएको छ, जसअनुसार गाउँपालिकाको अध्यक्षको तलब सुविधा मासिक ३० हजार, उपाध्यक्षको २५ हजार, वडाध्यक्षको २० हजार, कार्यपालिका सदस्यको ६ हजार तथा सभाका सदस्यको मासिक ५ हजार रूपैयाँ कायम गरिएको छ।

यसैगरी गाउँपालिका अध्यक्षको सञ्चार सुविधा मासिक १ हजार ५ सय, दैनिक भ्रमण भत्ता दैनिक १ हजार ८ सय, विदेश भ्रमणमा गएको बेला दैनिक खर्च १ सय ५० रूपैयाँ कायम गरिएको छ। यसैगरी उपाध्यक्षको सञ्चार सुविधा मासिक १ हजार, दैनिक भ्रमण भत्ता १ हजार ६ सय, विदेश भ्रमण गर्दा दैनिक खर्च १ सय ४० रूपैयाँ कायम गरिएको छ।

यसैगरी वडाध्यक्षको सञ्चार सुविधा मासिक ८ सय, दैनिक भ्रमण भत्ता १ हजार ५ सय तथा विदेश भ्रमण गर्दा दैनिक खर्च १ सय २५ रूपैयाँ कायम गरिएको छ। कार्यपालिका सदस्य र सभा सदस्यको दैनिक भ्रमण भत्ता १ हजार ५ सय रूपैयाँ काम गरिएको छ। यसैगरी विदेश भ्रमणमा गएको बेला दैनिक १ सय २५ रूपैयाँ कायम गरिएको छ। सबै पदाधिकारीको यात्रा बिमा प्रतियात्रा १० लाख रूपैयाँ कायम गरिएको छ। यसैगरी बैठक भत्ता प्रतिबैठक ५ सय रूपैयाँ तोकिएको छ।

यसैगरी नगरपालिकाको हकमा नगर प्रमु्खको मासिक तलब ३५ हजार, उपप्रमुखको ३० हजार, वडाध्यक्षको २१ हजार, कार्यपालिका सदस्यको ७ हजार तथा सभाका सदस्यको ६ हजार रूपैयाँ कायम गरिएको छ। यसैगरी सञ्चार सुविधा नगरप्रमुखको मासिक २ हजार, उपप्रमुखको १ हजार ५ सय तथा वडाध्यक्षको १ हजार रूपैयाँ कायम गरिएको छ।

दैनिक भ्रमण भत्ता नगरप्रमुखको २ हजार, उपप्रमुखको १ हजार ८ सय तथा वडाध्यक्ष, कार्यपालिका सदस्य तथा नगरसभा सदस्यको १ हजार ६ सय कायम गरिएको छ। विदेश भ्रमणमा गएका बेला दैनिक खर्च नगर प्रमुखको दैनिक १ सय ५०, उपप्रमुखको १ सय ४०, तथा वडाध्यक्ष, कार्यपालिका सदस्य तथा सभा सदस्यको १ सय २५ रूपैयाँ कायम गरिएको छ। बैठक भत्ता प्रति बैठक ५ सय रूपैयाँ कायम गरिएको छ।

यसैगरी उपमहानगपालिकाको हकमा नगर प्रमुखको मासिक तलब ४० हजार, उपप्रमुखको ३५ हजार, वडाध्यक्षको २२ हजार, कार्यपालिका सदस्यको ७ हजार ५ सय तथा सभा सदस्यको ६ हजार ५ सय कायम गरिएको छ। सञ्चार सुविधामा नगरप्रमुखको मासिक २ हजार ५ सय, उपप्रमुखको १ हजार ५ सय तथा वडाध्यक्षको १ हजार रूपैयाँ कायम गरिएको छ।

दैनिक भ्रमण भत्तामा नगर प्रमुखको २ हजार, उपप्रमुखको १ हजार ८ सय, वडाध्यक्ष, कार्यपालिका सदस्य तथा सभा सदस्यको १ हजार ६ सय रूपैयाँ कायम गरिएको छ। विदेश भ्रमण गर्दा नगर प्रमुखको दैनिक १ सय ५०, उपप्रमुखको दैनिक १ सय ४०, कार्यपालिका सदस्य तथा सभा सदस्यको दैनिक १ सय २५ रूपैयाँ कायम गरिएको छ। सबै पदाधिकारीहरू दैनिक भ्रमण भत्ता ५ सय राखिएको छ।

महानगरपालिकाका नगर प्रमुखको मासिक तलब ४२ हजार, उपप्रमुखको ३७ हजार, वडाध्यक्षको २५ हजार, कार्यपालिका सदस्यको ८ हजार तथा सभा सदस्यको ७ हजार रूपैयाँ कायम गरिएको छ। सञ्चार सुविधामा नगर प्रमुखको मासिक ३ हजार, उपप्रमुखको १ हजार ५ सय तथा वडाध्यक्षको १ हजार रूपैयाँ कायम गरिएको छ।

दैनिक भ्रमण भत्ता नगर प्रमुखको २ हजार ५ सय, उपप्रमुखको २ हजार, वडाध्यक्ष, कार्यपालिका सदस्य तथा सभा सदस्यको १ हजार ६ सय रूपैयाँ कायम गरिएको छ। विदेश भ्रमणमा गएको बेला नगर प्रमुखको दैनिक खर्च १ सय ७५, उपप्रमुखको दैनिक खर्च १ सय ५० तथा वडाध्यक्ष, कार्यपालिका सदस्य तथा नगर सदस्यको १ सय २५ रूपैयाँ कायम गरिएको छ। यसैगरी प्रतिबैठक ५ सय रूपैयाँ कायम गरिएको छ।

बागमती प्रदेश सरकारले स्थानीय तहका सबै पदाधिकारीहरूको यात्रा विमा गर्ने गरेको छ। जसअनुसार पदाधिकारीको प्रति यात्रा विमा १० लाख रूपैयाँ कायम गरिएको छ। नागरिक दैनिकबाट

सिफारिस

जिल्ला समन्वय समिति महासंघको अध्यक्षमा ऋषि देव फुयाँल निर्वाचित

काठमाडौं — जिल्ला समन्वय समिति महासंघ नेपालको छैटौँ राष्ट्रिय परिषद् बैठकबाट नयाँ नेतृत्व चयन प्रक्रिया सम्पन्न भएको छ। ललितपुर जिल्ला समन्वय समितिका प्रमुख ऋषि...

कांग्रेस व्यवहारिक रूपमा फुटिसक्यो : शशांक कोइराला

विराटनगर — नेपाली कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइराला ले पार्टी व्यवहारिक रूपमा फुटिसकेको बताएका छन्। विराटनगरमा जारी नेपाली कांग्रेसको संस्थापनइतर समूहको भेलालाई सम्बोधन गर्दै उनले...

सिन्धुलीका पत्रकारलाई खोज, फोटो तथा भिडियो पत्रकारिता तालिम 

सिन्धुली- पत्रकारहरूको व्यावसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले नेपाल पत्रकार महासंघ सिन्धुली शाखाद्वारा आयोजित पाँचदिने खोज पत्रकारिता तथा फोटो–भिडियो पत्रकारिता तालिम सम्पन्न भएको छ। हरिहरपुरगढी गाउँपालिकाको...

भर्खरै

कांग्रेस व्यवहारिक रूपमा फुटिसक्यो : शशांक कोइराला

विराटनगर — नेपाली कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइराला ले पार्टी...

सिन्धुलीका पत्रकारलाई खोज, फोटो तथा भिडियो पत्रकारिता तालिम 

सिन्धुली- पत्रकारहरूको व्यावसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले नेपाल पत्रकार...

कैलाशलाई नजिकबाट नियाल्दा (तस्वीरहरू)

काठमाडौं — तिब्बतमा अवस्थित कैलाश हिमाल विश्वका सबैभन्दा पवित्र...

उत्कृष्ट कार्यसम्पादन गर्ने ३७ सैनिक सम्मानित (तस्वीरहरू)

काठमाडौं– नेपाली सेनामा उच्च पेसागत दक्षता, व्यावसायिक चरित्र तथा...

राखेप उपाध्यक्षमा विशाल श्रेष्ठ नियुक्त, चार बोर्ड सदस्य पनि मनोनित

काठमाडौँ – शिक्षा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद्...

मनसुनसँगै खेतका आलिमा भ्यागुताको ‘ट्वार–ट्वार’ (तस्वीरहरू)

काठमाडौँ — मनसुन सक्रिय भएसँगै देशका विभिन्न स्थानका खेतबारी...

धेरै पढिएको