मेयरकी प्रतिस्पर्धी सिर्जनासँग बालेनको भेट, के- के भयो कुराकानी ?

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले नेपाली कांग्रेसको तर्फबाट मेयरकी प्रतिस्पर्धी सिर्जना सिंहसँग भेट गरेका छन्। शनिबार बालेन्द्रसँग र सिंहबीच भेटवार्ता भएको हो। गत ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा उनीहरु दुईजना एक अर्काका प्रतिस्पर्धी थिए।

सिंह सत्ता गठबन्धनबाट मेयरको उम्मेदवार थिइन्। स्वतन्त्रबाट उठेका बालेन्द्र सिंहलाई पराजित गर्दै निर्वाचित भएका हुन्।उनीहरुबीचको भेटमा सिंहले चुनावका क्रममा घोषणापत्रमा ल्याएका योजना पूरा गर्ने प्रतिबद्धता मेयर शाहले गरेका छन्।

सिंहले काठमाडौंका सार्वजनिक क्षेत्रमा निःशुल्क खानेपानी व्यवस्था गर्ने एजेण्डा अघि सारेकी थिइन्। त्यसबारे छलफल गरेर काम गर्ने शाहले प्रतिवद्धता जनाएका छन्।

बालेन्द्रले ६१ हजार ७ सय ६७ मत ल्याएर विजयी हुँदा सिर्जनाले ३८ हजार ३ सय ४१ मत प्राप्त गरेर दोस्रो भएकी थिइन्।

त्यस्तै, काठमाडौं महानगरपालिकाले र्यापर स्व. अनिल अधिकारी (यमबुद्ध) को सालिक बनाउन बजेट विनियोजन गरेपछि सामाजिक सञ्जालमा चौतर्फी आलोचना सुरु भएको छ।

चर्को आलोचना हुन थालेपछि काठमाडौंका मेयर बालेन्द्र शाहले आफ्नै तलबबाट सालिक बनाउने घोषणा गरेका छन्।आलोचना खेप्न नसकेका मेयर बालेन्द्रले सामाजिक सञ्जालमार्फत आफ्नै तलबबाट सालिक बनाउने घोषणा गरेपनि महानगरले भने औपचारिक रुपमा केही बोलेको छैन।

यसैबीच शनिबार बिहान यमबुद्धका अभिभावकसँग भेटेर बालेन्द्रले सोही कुरा बताएका छन्। ‘मेयर आउनुभएको थियो। उहाँले आफ्नै तलबबाट भए पनि सालिक बनाउँछु भन्नुभएको छ’ यमबुद्धका अभिभावले भने।

बालेन्द्रको यो घोषणासँगै अब कति महिनाको तलब खर्च गर्दा यमबुद्धको सालिक बनाउन पुग्ने रकम जम्मा हुन्छ? भन्ने बहस सुरु भएको छ।

यमबुद्धको सालिक निर्माण गर्न १५ लाख रुपैयाँ विनियोजन गरिएको थियो । तर सरकारी पैसामा शाहले आफू निकटको सालिक बनाउन लागेको भन्दै आलोचना सुरु भएको थियो । अब यमबुद्धको सालिक बनाउन तीन वर्ष धेरै लाग्ने भएको छ । शाहले सालिक बनाउन तीन वर्षसम्म आफ्नो तलव दिनु पर्नै अवस्था छ ।

सिफारिस

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्ने बताएका छन् । कञ्चनपुरको दोधारा–चाँदनी क्षेत्रमा...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका सचिव प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट नगदसहित सम्मानित भएका छन्। पोखरा फोटोग्राफर संघद्वारा आयोजित...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा काठमाडौंको गौशालास्थित होटल सिभम प्लाजामा सम्पन्न भएको छ। क्लबका अध्यक्ष रोहित कार्कीको अध्यक्षतामा सम्पन्न साधारण सभामा...

भर्खरै

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा...

भोटेकोशी बाढीपीडितको उद्धार र पुनःस्थापनामा अक्सिडेन्टलको साथ, २ लाख ५१ हजार सहयोग

काठमाडौँ - भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

नेपाल भलिबल लिगको विजेताले २० लाख पाउने

काठमाडौं — नेपालमै पहिलोपटक आयोजना हुन लागेको पुरुष भलिबलको...

इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा पुगे रवीन्द्र ढाँट

काठमाडौं - नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र...

रसुवा बाढीपीडितको राहतमा स्वस्तिश्री गुरुकुल, ५ लाखको कोष स्थापना

काठमाडौं - रसुवा जिल्लाको केरुङ नाका अन्तर्गत टिमुरे क्षेत्रमा...

धेरै पढिएको