कांग्रेसकी पुष्पा भुसाललाई गठबन्धनले उपसभामुखको उम्मेदवार बनाउने, को हुन् पुष्पा ?

काठमाडौं – पाँच दलीय सत्ता गठबन्धनले नेपाली कांग्रेसकी सांसद पुष्पा भुसाललाई उपभासमुखको उम्मेदवार बनाउने तयारी गरेको छ ।

उपसभामुख चयनका लागि तालिका सार्वजनिक भएसँगै सत्ता गठबन्धनले भुसाललाई उपसभामुखको उम्मेदवार बनाउने तयारी गरेको हो । संसद सचिवालयका अनुसार बिहीबार बिहान ११ देखि १ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ ।

उम्मेदवार चयन गर्ने विषयमा गठबन्धनका नेताहरुबीच छलफल भएको छ । छलफलका आधारमा भुसाललाई उम्मेदवार बनाउने गरी गृहकार्य अगाडि बढाइएको छ । तर, कांग्रेसमा उपसभामुखका लागि भुसाल बाहेक डिला संग्रौला लगायतले पनि दाबी प्रस्तुत गर्दै आएका छन ।

भुसालले भने उपसभामुखभन्दा मन्त्रीका लागि चाहना राख्दै आएकी थिइन् । नेताहरुका अनुसार मन्त्री नभए प्रमुख सचेतक पाउनुपर्ने भुसालको दाबी थियो ।

तर, उपसभामुख संवैधानिक परिषदको सदस्य समेत रहने भएकाले भुसाललाई नै उपसभामुख बनाउनुपर्ने भनी प्रधानमन्त्री शेरबहादुर देउवाले नै प्रस्ताव राखेको कांग्रेसका नेताहरु बताउँछन् ।

सभामुख र उपसभामुख फरक दल र फरक लिंगको हुनुपर्ने संवैधानिक व्यवस्था छ । सभामुखमा माओवादी केन्द्रका तर्फबाट सांसद निर्वाचित अग्निप्रसाद सापकोटा छन् ।

संवैधानिक व्यवस्था अनुसार उपसभामुखमा माओवादी केन्द्रबाट निर्वाचित सांसद दाबेदार हुन पाउँदैनन् । सभामुखमा पुरुष भएकाले उपसभामुखमा महिला मात्रै उम्मेदवार हुन पाउँछन् ।

गठबन्धनमा रहेको जनता समाजवादी पार्टीलाई उपसभामुख दिने विषयमा छलफल भएको छैन । राष्ट्रिय जनमोर्चाले उपसभामुख नबन्ने सार्वजनिक रुपमै बतायो । नेमकिपा र राप्रपामा महिला सांसद नभएकाले ती दलबाट उपसभामुख चुनिन पाउने अवस्था छैन । यस हिसाबले जसपा, लोकतान्त्रिक समाजवादी, कांग्रेस र एमालबाट उपसभामुखको उम्मेदवार हुन पाउँछन् ।

लोकतान्त्रिक समाजवादीलाई उपसभामुख दिएर सत्तागठबन्धनमा ल्याउने प्रयास गरिएको भए पनि लोसपासँगको थप सहकार्यको विषय प्रष्ट गर्न नसकिएकाले आफैँले उपसभामुख राख्न खोजेको स्वमं कांग्रेस नेताहरु बताउँछन् ।

स्पष्ट बहुमत भएकाले सत्ता गठबन्धनले जसलाई उम्मेदवार बनाउँछ उही सभामुख चुनिनेछन् ।

निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभामा अहिले एमालेको ९८, कांग्रेस ६३, माओवादी केन्द्रको ४९, एकीकृत समाजवादी २३, जनता समाजवादी २१, लोसपा १३ र अन्य साना दल र स्वतन्त्रसमेत गरी ४ जना सांसद छन् ।

सिफारिस

नेपाली सेना र भारतीय सेनाबीच संयुक्त अभ्यास ‘सूर्य किरण’ सम्पन्न

काठमाडौं - नेपाली सेना र भारतीय सेनाका फौजबीच संयुक्त सैन्य अभ्यास सम्पन्न भएको छ । ९ मंसिरमा भारतको पिथौरागढमा संञ्चालित १९ औं संस्करणको सुयक्त...

एनपीएल: सुदूरपश्चिम लगातार दोस्रो पटक फाइनलमा (तस्वीरहरू)

काठमाडौं - सुदूरपश्चिम लगातार दोस्रो पटक सिद्धार्थ बैँक नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको पहिलो क्वालिफायरमा विराटनगर किंग्समाथि एकपक्षीय...

मेरो सारंगी रोधी क्लबको यसरी मनायो प्रथम बार्षिक उत्सव

काठमाडौं - मेरो सारंगी रोधी क्लबको प्रथम बार्षिक उत्सव समारोह तथा विविध सांस्कृतिक कार्यक्रम–२०८२ उत्साहपूर्वक सम्पन्न गरिएको छ । काठमाडौंको दरबार मार्गमा रहेको क्लबद्वारा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

एनपीएल: सुदूरपश्चिम लगातार दोस्रो पटक फाइनलमा (तस्वीरहरू)

काठमाडौं - सुदूरपश्चिम लगातार दोस्रो पटक सिद्धार्थ बैँक नेपाल...

मेरो सारंगी रोधी क्लबको यसरी मनायो प्रथम बार्षिक उत्सव

काठमाडौं - मेरो सारंगी रोधी क्लबको प्रथम बार्षिक उत्सव...

रात्रीकालिन समयमा यस्तो देखियो दशरथ रंगशाला (तस्वीरहरू)

काठमाडौं त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साफ क्लब महिला च्याम्पियनसिप २०२५...

साफ महिला क्लब च्याम्पियनसिपका लागि तयार भयो दशरथ रंगशाला (तस्वीरहरू)

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुन लागेको साफ महिला क्लब च्याम्पियनसिप...

यस्ता छन् कांग्रेसबाट सांसदको उम्मेदवार बन्न तोकिएको १० योग्यता

नेपाली कांग्रेसले आसन्न राष्ट्रिय सभा तथा प्रतिनिधि सभा निर्वाचनको...

शेखर दाइ र म मध्ये एक जना सभापतिमा लड्छौं : शशांक कोइराला

चितवन- नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले महाधिवेशनका लागि...

धेरै पढिएको