उपसभामुखबारे सत्ता गठबन्धनले गर्यो यस्तो सहमति

काठमाडौं । सत्ता गठबन्धनमा रहेका दलहरुबीच उपसभामुख नेपाली कांग्रेसले लिने सहमति भएको छ।

झण्डै तीन वर्षदेखि खाली रहेको उपसभामुख कांग्रेसको भागमा परेको हो। माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायत सत्तारुढ दलहरुले कांग्रेसलाई उपसभामुख पद दिन तयार भएका हुन् ।

सभामुख अग्नि सापकोटाले ३१ गते उपसभामुखको निर्वाचन हुने कार्यतालिका सार्वजनिक गरिसकेका छन्। २०७६ फागुनमा तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएसँगै अर्को चयन हुन सकेको छैन। उपसभामुख कांग्रेसलाई दिने गरी सहमति भइसकेको नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले जानकारी दिए।

पाँच दलीय सत्ता गठबन्धनले नेपाली कांग्रेसकी सांसद पुष्पा भुसाललाई उपभासमुखको उम्मेदवार बनाउने तयारी गरेको समेत खुलेको छ ।उपसभामुख चयनका लागि तालिका सार्वजनिक भएसँगै सत्ता गठबन्धनले भुसाललाई उपसभामुखको उम्मेदवार बनाउने तयारी गरेको हो ।

संसद सचिवालयका अनुसार बिहीबार बिहान ११ देखि १ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । उम्मेदवार चयन गर्ने विषयमा गठबन्धनका नेताहरुबीच छलफल भएको छ । छलफलका आधारमा भुसाललाई उम्मेदवार बनाउने गरी गृहकार्य अगाडि बढाइएको छ ।

तर, कांग्रेसमा उपसभामुखका लागि भुसाल बाहेक डिला संग्रौला लगायतले पनि दाबी प्रस्तुत गर्दै आएका छन । भुसालले भने उपसभामुखभन्दा मन्त्रीका लागि चाहना राख्दै आएकी थिइन् । नेताहरुका अनुसार मन्त्री नभए प्रमुख सचेतक पाउनुपर्ने भुसालको दाबी थियो ।

तर, उपसभामुख संवैधानिक परिषदको सदस्य समेत रहने भएकाले भुसाललाई नै उपसभामुख बनाउनुपर्ने भनी प्रधानमन्त्री शेरबहादुर देउवाले नै प्रस्ताव राखेको कांग्रेसका नेताहरु बताउँछन् ।

सभामुख र उपसभामुख फरक दल र फरक लिंगको हुनुपर्ने संवैधानिक व्यवस्था छ । सभामुखमा माओवादी केन्द्रका तर्फबाट सांसद निर्वाचित अग्निप्रसाद सापकोटा छन् ।

संवैधानिक व्यवस्था अनुसार उपसभामुखमा माओवादी केन्द्रबाट निर्वाचित सांसद दाबेदार हुन पाउँदैनन् । सभामुखमा पुरुष भएकाले उपसभामुखमा महिला मात्रै उम्मेदवार हुन पाउँछन् ।

गठबन्धनमा रहेको जनता समाजवादी पार्टीलाई उपसभामुख दिने विषयमा छलफल भएको छैन । राष्ट्रिय जनमोर्चाले उपसभामुख नबन्ने सार्वजनिक रुपमै बतायो । नेमकिपा र राप्रपामा महिला सांसद नभएकाले ती दलबाट उपसभामुख चुनिन पाउने अवस्था छैन ।

लोकतान्त्रिक समाजवादीलाई उपसभामुख दिएर सत्तागठबन्धनमा ल्याउने प्रयास गरिएको भए पनि लोसपासँगको थप सहकार्यको विषय प्रष्ट गर्न नसकिएकाले आफैँले उपसभामुख राख्न खोजेको स्वमं कांग्रेस नेताहरु बताउँछन् ।

स्पष्ट बहुमत भएकाले सत्ता गठबन्धनले जसलाई उम्मेदवार बनाउँछ उही सभामुख चुनिनेछन् । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभामा अहिले एमालेको ९८, कांग्रेस ६३, माओवादी केन्द्रको ४९, एकीकृत समाजवादी २३, जनता समाजवादी २१, लोसपा १३ र अन्य साना दल र स्वतन्त्रसमेत गरी ४ जना सांसद छन् ।

सिफारिस

२० औँ एसियाली खेलकुदका लागि नेपाली उसु टोलीको बिदाइ

काठमाडौँ - जापानको आइची-नागोया सहरमा असोज ३ देखि १८ गतेसम्म आयोजना हुन गइरहेको २० औँ एसियाली खेलकुद (एसियाड) मा नेपालको राष्ट्रिय झण्डा फहराउन जाने...

अन्नपूर्ण बन्यो नेपाल भलिबल लिग च्याम्पियन

अन्नपूर्ण स्पाइकर किङ्सले एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) को उपाधि शनिबार जितेको छ । केडिया ग्रुपको आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा...

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ

काठमाडौं - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ एसियाली खेलकुदमा सहभागी हुन जाने नेपाली खेलाडी, प्रशिक्षक तथा व्यवस्थापन टोलीलाई बिदाइ गर्नुभएको छ...

भर्खरै

अन्नपूर्ण बन्यो नेपाल भलिबल लिग च्याम्पियन

अन्नपूर्ण स्पाइकर किङ्सले एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग...

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ

काठमाडौं - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने...

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधि नजिक, कर्णाली प्लेअफमा

अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग...

वन्यजन्तु अपराध नियन्त्रणमा क्षेत्रीय सहकार्य आवश्यक : वनमन्त्री गीता चौधरी

काठमाडौं - कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन्यजन्तु...

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

धेरै पढिएको