विश्वचर्चित फेसन म्यागजिन भगको कभरमा नेपाली सुपरमोडल अञ्जली

काठमाडौं – विश्वचर्चित फेसन म्यागजिन भगले नेपाली सुपरमोडल अञ्जली लामालाई कभर पृष्ठमा स्थान दिएको छ । ‘फेसनको बाइबल’ समेत मानिने भगको कभरमा स्थान पाउने उनी दोस्रो नेपाली हुन् ।

यसअघि फेसन डिजाइनर प्रबल गुरुङलाई पनि भगले कभरमा स्थान दिएको थियो । भगको कभरमा आउनु फेसनकर्मीको सपना समेत बन्ने गर्छ । भगको भारतीय संस्करणको अगस्ट महिनाको कभरमा अञ्जलीलाई देख्न पाइनेछ ।

अल्पसंख्यक लैंगिक समुदायको प्रतिनिधित्व गर्दै मोडलिङमा होमिएकी अञ्जलीले न्युयोर्क फेसन विकमा र्‍याम्प नापेकी छन् भने उनी हालै छायांकन सम्पन्न एक बलिउड-हलिउड संयुक्त लगानीको फिल्ममा पनि देखिएकी छन् ।

जहाँ उनलाई बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजसँग स्क्रिन सेयर गरेको अवतारमा देख्न सकिन्छ । ‘लामाको व्यक्तिगत र व्यावसायिक यात्राको कथा विश्वले थाहा पाउनु जरुरी छ,’ भगको कभरस्टोरीमा क्ओल चु लेख्छिन् ।

‘मलाई थाहा छ कि अल्पसंख्यक लैंगिक समुदायबारेमा चेतना फैलाउन फेसनले उत्कृष्ट माध्यमको रुपमा काम गर्न सक्छ,’ भगसँग अञ्जलीले भनेकी छन्, ‘म फेसनमार्फत आफ्नो पहिचान बताउन सक्छु । यसैमार्फत नाम कमाएकी छु । मिडियाले वार्तालाप सुरु गर्छ र सामाजिक मूल्यमान्यता र विचारलाई आकार दिन ठूलो शक्ति राख्छ ।’

 

सिफारिस

काठमाडौं ल्याइयो युक्तको पार्थिव शरीर , विमानस्थलमा भावुक बने आफन्त (तस्वीरहरू)

काठमाडौं । पर्वतारोहणका क्रममा निधन भएका नेपाली पर्वतारोही युक्त गुरुङको पार्थिव शरीर स्वदेश ल्याइएको छ। बिहीबार कतार एयरवेजको उडानमार्फत गुरुङको पार्थिव शरीर त्रिभुवन अन्तर्राष्ट्रिय...

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१ नागपोखरी क्षेत्रमा सञ्चालन गरेको विशेष अपरेशनमा २९६.७५ ग्राम खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ।...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन ए साइड खुल्ला फुटसल प्रतियोगिता’को उपाधि मेन्टेन एफसीले जितेको छ। बुढानीलकण्ठस्थित कपन स्पोर्ट्स सेन्टरमा सम्पन्न रोमाञ्चक...

भर्खरै

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन...

पर्यटन प्रवर्द्धनका लागि राष्ट्रिय फोटो पत्रकार समूह सल्यानको ‘क्लिक सल्यान’ अभियान

सल्यान - जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय फोटो...

को हुन् निर्मल पुर्जा, जो ब्रड पिक हिमपहिरोमा अस्ताए ?

काठमाडौं - विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स...

नेपाल एकीकरणका सेनापति अमरसिंह थापाको स्मृतिमा श्रद्धाञ्जली सभा (तस्वीरहरू)

नेपाल एकीकरण अभियानका प्रमुख सेनापति तथा राष्ट्रिय विभूति बडाकाजी...

गृहमन्त्री र स्वास्थ्यमन्त्रीको उपस्थितिमा देवानगञ्ज घटनामा सहमति

काठमाडौं - सुनसरीको देवानगञ्ज गाउँपालिका–३, काशानगरमा साउन १० गते...

धेरै पढिएको