बालुवाटारमा फेरि मच्चियो ज्वाईं काण्ड, प्रधानमन्त्री देउवालाई आसेपासे बोक्दै ठिक्क

काठमाडौं । सर्वोच्च अदालतको आदेश अनुसार प्रधानमन्त्री बनेका शेरबहादुर देउवा बेलाबेला विभिन्न विवादमा तानिने गर्छन् ।

दुई पटकसम्म संसद विघटन गरेर केपी शर्मा ओलीले प्रतिगमनकारी कदम चालेको भनेर सर्वोच्च पुग्ने उनै देउवाले अग्रगमनकारी काम गर्न भने सकिरहेका छैनन् ।

बरु, सत्ता गठबन्धन टिकाउन र आसेपासे र नातागोताहरुको चित्त बुझाउने काममा भने उनी सफल नै भएका छन् । पत्नी आरजु देउवामार्फत उनका नजिकका व्यक्तिहरुलाई विभिन्न निकायमा भर्ती गराएको भनेर देउवामाथि लाग्ने गरेको आरोप नयाँ होइन ।

तर, यसपटक भने उनले आफ्नै भतिजी–ज्वाइँ दीपेन्द्रका लागि सत्ताको दुरुपयोग गरेका छन् । कुँवर प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाका बहिनी–ज्वाइँ हुन् । भानु भने देउवाका भाइका छोरा अर्थात भतिजा हुन् । देउवाका स्वकीय सचिव भानु देउवाका ज्वाइँ दिपेन्द्र कुँवर प्रहरी वरिष्ठ उपरीक्षक एसएसपीमा बढुवाका लागि सिफारिस भएका छन् ।

दुई नम्बर ज्येष्ठतामा क्रममा राखेर आइतबार गृह मन्त्रालयले उनलाई बढुवा गरेको हो । हाल १ नम्बरमा बढुवा भएका प्रविण कँडेल नेपाल प्रहरीबाट स्थान्तरण भएर आएका अधिकृत हुन् ।

त्यसैले कुँवर आफ्नो ब्याचमा एक नम्बरमा उक्लिएका छन् । कुँवर कायममुकायम एसएसपी र प्रहरी उपरीक्षक एसपी हुँदा ११ नम्बरमा थिए ।सशस्त्र प्रहरी निरीक्षकका रुपमा भर्ना हुँदा पनि उनी ७५ जनामा अन्तिम पाँचमा थिए ।

स्रोतका अनुसार उनलाई १ नम्बरमा बढुवा सिफारिस गर्न गृहमन्त्री बालकृष्ण खाण पनि सकरात्मक थिएनन् । तर बालुवाटारको दबावमा उनी शीर्ष स्थानमा बढुवा सिफारिसमा परेका हुन् ।

कुँवरलाई कामु एसएसपीबाट एसएसपी बनाउन गृह मन्त्रालयले सशस्त्र प्रहरी बलको नियमावलीलाई नै संशोधन गरेको थियो । सशस्त्र प्रहरी नियमावली, २०७२ मा सशस्त्र प्रहरी सेवामा बढुवाका लागि सम्भाव्य उम्मेदवार हुन बढुवा हुने श्रेणी वा तहभन्दा एक तह मुनिको पदमा चार वर्ष सेवा अवधि पूरा भएको हुनुपर्ने प्रावधान थियो ।

तर कुँवरको चार वर्षे अवधि पूरा नभएकाले यसलाई घटाएर तीन वर्ष कायम गरिएको थियो । कुँवरलाई कामु एसएसपी बन्न बाधा हुने भएपछि यसअघि लामो समयसम्म बढुवा नै रोकिएको थियो । हाल सशस्त्र प्रहरी बलमा प्रहरी नायब महानिरीक्षक डीआईजीको तीन दरबन्दी रिक्त छ ।

त्यसमा कुँवरलाई बढुवा गर्ने गरी हाल एसएसपीमा पहिलो नम्बरमा राखिएको सशस्त्र प्रहरीका एक उच्च अधिकृत बताउँछन् । देउवाका स्वकीय सचिव भानु देउवाका ज्वाइँ दिपेन्द्र कुँवर प्रहरी वरिष्ठ उपरीक्षक एसएसपीमा बढुवा सिफारिस भएसँगै प्रधानमन्त्री शेरबहादुर देउवाको चर्को आलोचना भइरहेको छ ।

सिफारिस

काठमाडौं ल्याइयो युक्तको पार्थिव शरीर , विमानस्थलमा भावुक बने आफन्त (तस्वीरहरू)

काठमाडौं । पर्वतारोहणका क्रममा निधन भएका नेपाली पर्वतारोही युक्त गुरुङको पार्थिव शरीर स्वदेश ल्याइएको छ। बिहीबार कतार एयरवेजको उडानमार्फत गुरुङको पार्थिव शरीर त्रिभुवन अन्तर्राष्ट्रिय...

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१ नागपोखरी क्षेत्रमा सञ्चालन गरेको विशेष अपरेशनमा २९६.७५ ग्राम खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ।...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन ए साइड खुल्ला फुटसल प्रतियोगिता’को उपाधि मेन्टेन एफसीले जितेको छ। बुढानीलकण्ठस्थित कपन स्पोर्ट्स सेन्टरमा सम्पन्न रोमाञ्चक...

भर्खरै

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन...

पर्यटन प्रवर्द्धनका लागि राष्ट्रिय फोटो पत्रकार समूह सल्यानको ‘क्लिक सल्यान’ अभियान

सल्यान - जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय फोटो...

को हुन् निर्मल पुर्जा, जो ब्रड पिक हिमपहिरोमा अस्ताए ?

काठमाडौं - विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स...

नेपाल एकीकरणका सेनापति अमरसिंह थापाको स्मृतिमा श्रद्धाञ्जली सभा (तस्वीरहरू)

नेपाल एकीकरण अभियानका प्रमुख सेनापति तथा राष्ट्रिय विभूति बडाकाजी...

गृहमन्त्री र स्वास्थ्यमन्त्रीको उपस्थितिमा देवानगञ्ज घटनामा सहमति

काठमाडौं - सुनसरीको देवानगञ्ज गाउँपालिका–३, काशानगरमा साउन १० गते...

धेरै पढिएको