खासमा आरजु देउवाको शल्यक्रिया के को गरिएको हो ?

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवाको शल्यक्रिया गरिएको छ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य समेत रहेकी आरजु सोमबार सामाजिक सञ्जालमार्फत दिल्लीस्थित म्याक्स अस्पतालमा आफ्नो शल्यक्रिया सफल भएको जानकारी दिएका हुन् ।

तर केको शल्यक्रिया गरिएको भन्ने खुलाएकी छैनन् । निकटवर्तीहरुका अनुसार आरजुले पाठेघरको मुखको क्यान्सरको आशंकामा परीक्षण गराए पनि पुष्टि भएन ।

तर, चिकित्सकले पाठेघर निकाल्न उपयुक्त हुने सुझाव दिएपछि पाठेघर निकालिएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

केही समययता आरजुले पटकपटक दिल्ली भ्रमण गरेकी थिइन । उनको भ्रमणलाई लिएर बिभिन्न प्रश्न उठिरहेका बेला उनको शल्यक्रियाको खवर बाहिर आएको हो ।

यसैबीच नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस केन्द्रीय सदस्य आरजुबीच दिल्लीस्थित नेपाली दूतावासमा भेट पनि भएको थियो।

यो भेटबारे प्रचण्डले स्वदेश फर्केपछि आरजु उपचारका क्रममा रहेको र दूतावासमा आफ्नो भेट भएको बताएका थिए। आरजुलाई आफूले भेटका क्रममा स्वास्थ्यलाभ कामना गरेको प्रचण्डको भनाइ थियो।

प्रचण्ड र आरजुबीच दिल्लीमा भेटवार्ता भएका तस्बिर सार्वजनिक भएपछि नेपालको भावी राजनीतिबारे विभिन्न कोणबाट छलफल भएको दाबीसमेत भएको थियो। तर प्रचण्डले भने यो कुरा अस्वीकार गरेका थिए।

सिफारिस

काठमाडौं ल्याइयो युक्तको पार्थिव शरीर , विमानस्थलमा भावुक बने आफन्त (तस्वीरहरू)

काठमाडौं । पर्वतारोहणका क्रममा निधन भएका नेपाली पर्वतारोही युक्त गुरुङको पार्थिव शरीर स्वदेश ल्याइएको छ। बिहीबार कतार एयरवेजको उडानमार्फत गुरुङको पार्थिव शरीर त्रिभुवन अन्तर्राष्ट्रिय...

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१ नागपोखरी क्षेत्रमा सञ्चालन गरेको विशेष अपरेशनमा २९६.७५ ग्राम खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ।...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन ए साइड खुल्ला फुटसल प्रतियोगिता’को उपाधि मेन्टेन एफसीले जितेको छ। बुढानीलकण्ठस्थित कपन स्पोर्ट्स सेन्टरमा सम्पन्न रोमाञ्चक...

भर्खरै

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन...

पर्यटन प्रवर्द्धनका लागि राष्ट्रिय फोटो पत्रकार समूह सल्यानको ‘क्लिक सल्यान’ अभियान

सल्यान - जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय फोटो...

को हुन् निर्मल पुर्जा, जो ब्रड पिक हिमपहिरोमा अस्ताए ?

काठमाडौं - विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स...

नेपाल एकीकरणका सेनापति अमरसिंह थापाको स्मृतिमा श्रद्धाञ्जली सभा (तस्वीरहरू)

नेपाल एकीकरण अभियानका प्रमुख सेनापति तथा राष्ट्रिय विभूति बडाकाजी...

गृहमन्त्री र स्वास्थ्यमन्त्रीको उपस्थितिमा देवानगञ्ज घटनामा सहमति

काठमाडौं - सुनसरीको देवानगञ्ज गाउँपालिका–३, काशानगरमा साउन १० गते...

धेरै पढिएको