एमालेले दियो विनोद श्रेष्ठलाई महत्वपूर्ण जिम्मेवारी, नयाँ महासचिव को ?

काठमाडौं – नेकपा एमालेनिकट मजदुरहरूको संगठन नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) को अध्यक्षमा नयाँ नेतृत्व चयन गरेको छ ।

आठौं राष्ट्रिय महाधिवेशनबाट पुनः विनोद श्रेष्ठ सर्वसम्मतरूपमा अध्यक्ष चुनिएका छन् । उनी एमाले केन्द्रीय कमिटी सदस्यसमेत हुन् ।

त्यस्तै लक्ष्मण शर्मा महासचिव चयन भएका छन् । शनिबारदेखि सुरू महाधिवेशनको उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेका थिए ।

नेपाल ट्रेड युनियन महासंघ जिफन्टले श्रमजीवी वर्गको सम्मान र समृद्धिका लागि सुदृढ एवं परिपूर्ण लोकतन्त्र’ भन्ने मुल नाराका साथ ८ ओैं राष्ट्रिय महाधिवेशन गरेको हो ।

यसअघि असार २२ गते १ नं. प्रदेशको बिराटनगरमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले ८ ओैं राष्ट्रिय महाधिवेशनकोलागी तयार भएको प्रस्तावीत नीति तथा कार्यक्रम र राजनैतीक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

त्यसैगरी असार २३ गते मदेश प्रदेशमा उपाध्यक्ष मन्जु थापा, बागमती प्रदेशमा उपाध्यक्ष जितेन्द्र श्रेष्ठ, गण्डकी प्रदेशमा उपाध्यक्ष मिना गुरूङ र कर्णाली प्रदेशमा उपाध्यक्ष बिदुर कार्किले मस्योदा नीति तथा कार्यक्रम र र राजनैतीक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रस्तुत प्रस्तावीत राजनैतिक प्रतिवेदन, नीति तथा कार्यक्रम र ८ ओैं महधिवेशनले अवलम्बन् गर्ने नीति तथा कार्यक्रमको आधारमा जिफन्टको संरचना कस्तो बनाउनु पर्ला भन्ने बारेमा सहभागीहरूबाट आएको सुझाबको आधारमा प्रस्तावीत प्रतिवेदनहरूलाइ अन्तीम रूप दिन जिफन्टले ७ वटै प्रदेशमा उच्च स्तरीय अन्तरक्रिया कार्यक्रमको अयोजना गरेको हो ।

अन्तरक्रिया कार्यक्रममा जिफन्ट प्रदेश कमिटी, पालिका कमिटी, जिफन्ट सम्वद्ध यूनियनका सम्बन्धीत प्रदेशमा केन्द्रीय नेताहरू सहभागी रहेको थियो ।

जिफन्ट केन्द्रीय कार्यालयको अनुसार असार २५ गते सुदरपस्चिम प्रदेशमा र केन्द्रकृत रूपमा काठमाण्डैमा उच्चस्तरीय अन्तरक्रियाको अयोजना गरेको थियो ।

सिफारिस

काठमाडौं ल्याइयो युक्तको पार्थिव शरीर , विमानस्थलमा भावुक बने आफन्त (तस्वीरहरू)

काठमाडौं । पर्वतारोहणका क्रममा निधन भएका नेपाली पर्वतारोही युक्त गुरुङको पार्थिव शरीर स्वदेश ल्याइएको छ। बिहीबार कतार एयरवेजको उडानमार्फत गुरुङको पार्थिव शरीर त्रिभुवन अन्तर्राष्ट्रिय...

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१ नागपोखरी क्षेत्रमा सञ्चालन गरेको विशेष अपरेशनमा २९६.७५ ग्राम खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ।...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन ए साइड खुल्ला फुटसल प्रतियोगिता’को उपाधि मेन्टेन एफसीले जितेको छ। बुढानीलकण्ठस्थित कपन स्पोर्ट्स सेन्टरमा सम्पन्न रोमाञ्चक...

भर्खरै

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन...

पर्यटन प्रवर्द्धनका लागि राष्ट्रिय फोटो पत्रकार समूह सल्यानको ‘क्लिक सल्यान’ अभियान

सल्यान - जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय फोटो...

को हुन् निर्मल पुर्जा, जो ब्रड पिक हिमपहिरोमा अस्ताए ?

काठमाडौं - विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स...

नेपाल एकीकरणका सेनापति अमरसिंह थापाको स्मृतिमा श्रद्धाञ्जली सभा (तस्वीरहरू)

नेपाल एकीकरण अभियानका प्रमुख सेनापति तथा राष्ट्रिय विभूति बडाकाजी...

गृहमन्त्री र स्वास्थ्यमन्त्रीको उपस्थितिमा देवानगञ्ज घटनामा सहमति

काठमाडौं - सुनसरीको देवानगञ्ज गाउँपालिका–३, काशानगरमा साउन १० गते...

धेरै पढिएको