प्रधानसेनापतिलाई अष्ट्रेलिया पठाउनको कारण यस्तो पो ?

नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा इण्डो प्यासेफिक स्टाटेजी (आईपीएस)को सम्मेलनमा सहभागी हुन अष्ट्रेलिया गएको भन्दै सत्तापक्षका सांसदहरूले विरोध जनाएका छन् ।

अमेरिकी आर्थिक सहयोग कार्यक्रम (एमसीसी) पारित गर्दा आईपीएसमा सहभागी नहुने भनेर निर्णय गरे पनि अहिले सरकारले आईपीएसको सम्मेलनमा सहभागी गराउन प्रधानसेनापतिलाई पठाएको भन्दै माओवादी सांसदहरूले सरकारको जवाफ माग गरेका हुन् ।

मंगलवार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा माओवादी सांसद अञ्जना विशंखे र अमृता थापाले प्रधानसेनापतिको अष्ट्रेलिया भ्रमणबारे सरकारको जवाफ माग गरेका हुन् ।

‘एमसीसी पारित गराउँदा आईपीएसको अंग होइन भनेर भनिएको थियो । यो निर्णयलाई लत्याएर आईपीएसको सम्मेलनमा प्रधानसेनापतिलाई किन पठाइयो ?’ विशंखले प्रश्न गरिन् ।

सांसद अमृता थापाले भर्खरै एसपीपीमा सहभागी नहुने भनेर निर्णय गरे पनि आईपीएसको सम्मेलनमा प्रधानसेनापतिलाई पठाएको भन्दै आपत्ति जनाइन् ।

‘अष्ट्रेलियाको मेलवर्नमा साउन ९ देखि ११ सम्म सम्पन्न हुने सम्मेलनमा प्रधानसेनापतिलाई किन पठाइयो । रुस, चीन र उत्तर कोरियाविरुद्ध अमेरिकी रणनीति आईपीएसमा सहभागी हुने निर्णय सच्चाइयोस्’ थापाले भनिन् ।

प्रधानसेनापति शर्मा गएको शनिवार अस्ट्रेलियन डिफेन्स फोर्सको संयोजकत्वमा युएस इन्डो प्यासाफिक कमाण्डले सिड्नीमा आयोजना गरेका चिफ अफ डिफेन्स कन्फरेन्स २०२२ मा सहभागी हुन अष्ट्रेलियाको भ्रमणमा निस्किएका थिए ।

उक्त सम्मेलनमा एशिया प्रशान्त क्षेत्रमा अवस्थित राष्ट्रका सेना प्रमुखहरूको सहभागिता छ ।

सिफारिस

काठमाडौं ल्याइयो युक्तको पार्थिव शरीर , विमानस्थलमा भावुक बने आफन्त (तस्वीरहरू)

काठमाडौं । पर्वतारोहणका क्रममा निधन भएका नेपाली पर्वतारोही युक्त गुरुङको पार्थिव शरीर स्वदेश ल्याइएको छ। बिहीबार कतार एयरवेजको उडानमार्फत गुरुङको पार्थिव शरीर त्रिभुवन अन्तर्राष्ट्रिय...

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१ नागपोखरी क्षेत्रमा सञ्चालन गरेको विशेष अपरेशनमा २९६.७५ ग्राम खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ।...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन ए साइड खुल्ला फुटसल प्रतियोगिता’को उपाधि मेन्टेन एफसीले जितेको छ। बुढानीलकण्ठस्थित कपन स्पोर्ट्स सेन्टरमा सम्पन्न रोमाञ्चक...

भर्खरै

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन...

पर्यटन प्रवर्द्धनका लागि राष्ट्रिय फोटो पत्रकार समूह सल्यानको ‘क्लिक सल्यान’ अभियान

सल्यान - जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय फोटो...

को हुन् निर्मल पुर्जा, जो ब्रड पिक हिमपहिरोमा अस्ताए ?

काठमाडौं - विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स...

नेपाल एकीकरणका सेनापति अमरसिंह थापाको स्मृतिमा श्रद्धाञ्जली सभा (तस्वीरहरू)

नेपाल एकीकरण अभियानका प्रमुख सेनापति तथा राष्ट्रिय विभूति बडाकाजी...

गृहमन्त्री र स्वास्थ्यमन्त्रीको उपस्थितिमा देवानगञ्ज घटनामा सहमति

काठमाडौं - सुनसरीको देवानगञ्ज गाउँपालिका–३, काशानगरमा साउन १० गते...

धेरै पढिएको