कोरिया जस्तै अब यसरी जान पाइन्छ जापान

काठमाडौं – सरकारले नेपाली कामदारलाई शून्य लागतमा जापान पठाउने तयारी गरेको छ। भाषा र सीप परीक्षा उत्तिर्ण गरी बसेका झण्डै साढे ५ हजार युवालाई क्रमशः पठाउने विषयमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तयारी थालेको हो।

त्यसका लागि दुई देशबीच भएको समझदारीअनुसार गठित संयुक्त कार्यसमितिको दोस्रो बैठक आज बस्दैछ। विहान १० बजे बस्ने बैठकमा परीक्षा पास गरि बसेकालाई कसरी पठाउने, निजी तथा सरकारी क्षेत्रको भूमिका के हुने भन्ने विषयमा छलफल गरिने मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले जानकारी दिए।

छलफलमा सरकारका तर्फबाट मन्त्रालयका सहसचिव राजीव पोखरेलको नेतृत्वमा परराष्ट्र र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका प्रतिनिधि सम्मिलित टोली सहभागी हुनेछ।

जापान सरकारका तर्फबाट सहायक उपमन्त्री चोसुमो नाकागावाको नेतृत्वमा प्रतिनिधिमण्डल सहभागी हुने प्रवक्ता घिमिरेको भनाइ छ।

संयुक्त बैठकले नेपाली नागरिकलाई जापानमा रोजगारी दिने सन्दर्भमा वृहत छलफल गरी उपयुक्त निर्णयका लागि दुवै देशका मन्त्रालयहरुमा सिफारिस गर्नेछ। सन् २०१९ मा स्पेसिफाइड स्किल वर्कर (एसएसडब्ल्यू) प्रणाली अन्तर्गत नेपालीलाई जापानमा रोजगारीका अवसर प्रदान गर्ने गरी दुई देशबीच श्रम समझदारी पत्रमा हस्ताक्षर भएको थियो। सोही समझदारी अन्तर्गत जापानका १४ वटा विभिन्न पेशागत क्षेत्रमा नेपालीले रोजगारी पाउनेछन्।

समझदारी अनुरुप सन् २०२० को संयुक्त कार्यसमितिको पहिलो बैठकको निर्णय अनुसार ८ सय ५० जना नेपालीले जापानमा केअरगिभर, कृषि, निर्माण क्षेत्र र रेष्टुरेण्टहरुमा रोजगारी प्राप्त गरि लाभ लिइरहेको मन्त्रालयले जनाएको छ।

 

सिफारिस

काठमाडौं ल्याइयो युक्तको पार्थिव शरीर , विमानस्थलमा भावुक बने आफन्त (तस्वीरहरू)

काठमाडौं । पर्वतारोहणका क्रममा निधन भएका नेपाली पर्वतारोही युक्त गुरुङको पार्थिव शरीर स्वदेश ल्याइएको छ। बिहीबार कतार एयरवेजको उडानमार्फत गुरुङको पार्थिव शरीर त्रिभुवन अन्तर्राष्ट्रिय...

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१ नागपोखरी क्षेत्रमा सञ्चालन गरेको विशेष अपरेशनमा २९६.७५ ग्राम खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ।...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन ए साइड खुल्ला फुटसल प्रतियोगिता’को उपाधि मेन्टेन एफसीले जितेको छ। बुढानीलकण्ठस्थित कपन स्पोर्ट्स सेन्टरमा सम्पन्न रोमाञ्चक...

भर्खरै

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन...

पर्यटन प्रवर्द्धनका लागि राष्ट्रिय फोटो पत्रकार समूह सल्यानको ‘क्लिक सल्यान’ अभियान

सल्यान - जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय फोटो...

को हुन् निर्मल पुर्जा, जो ब्रड पिक हिमपहिरोमा अस्ताए ?

काठमाडौं - विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स...

नेपाल एकीकरणका सेनापति अमरसिंह थापाको स्मृतिमा श्रद्धाञ्जली सभा (तस्वीरहरू)

नेपाल एकीकरण अभियानका प्रमुख सेनापति तथा राष्ट्रिय विभूति बडाकाजी...

गृहमन्त्री र स्वास्थ्यमन्त्रीको उपस्थितिमा देवानगञ्ज घटनामा सहमति

काठमाडौं - सुनसरीको देवानगञ्ज गाउँपालिका–३, काशानगरमा साउन १० गते...

धेरै पढिएको