मिस नेपाल प्रियङ्कालाई अमेरिकी सांसदले गरिन् ठूलो सम्मान

काठमाडौं – ‘मिस नेपाल वर्ल्ड २०२२’ प्रियंका रानी जोशी न्युयोर्क राज्य विधानसभाबाट सम्मानित भएकी छन् । हाल अमेरिकामा रहेकी जोशीलाई विधानसभाले सम्मान गरेको हो ।

राज्य विधानसभाको प्रतिनिधित्व गर्दै जोशीलाई न्युयोर्क राज्य विधानसभाको डिस्ट्रिक्ट ३६ की सदस्यसमेत रहेकी सांसद जेनिफर राजकुमारले सम्मापन पत्र प्रदान गरिन् ।

नेपाली समाजको रोल मोडल बनेको र बिजुली नपुगेको नेपाली गाउँमा सोलार परियोजना स्थापना गर्ने कार्य थालनी गरेको भन्दै सांसद राजकुमारले सम्मान प्रदान गरेकी हुन् ।

न्युयोर्क एसेम्बलीअन्तर्गतको डिस्ट्रिक्ट ३८ की सदस्य समेत रहेकी जेनिफरले सम्मानपत्रमा प्रियंकाले व्यावसायिक, सामाजिक र मानवीय कार्यमा योगदान पुर्‍याउन भूमिका खेलेको समेत बताएकी छन् ।

महिलाका लागि आदर्श व्यक्ति बनेको भन्दै जेनिफरले प्रियङ्काको बाह्य सौन्दर्यलाई आन्तरिक सौन्दर्यले जितेको भन्दै प्रशंसा समेत व्यक्त गरेकी छन् । जेनिफरको निर्वाचन क्षेत्रअन्तर्गत न्युयोर्कको ३८ नम्बर डिस्ट्रिकमा नेपालीहरूको सघन बसोबास छ ।

जेनिफरले नेपाली समुदायको क्षेत्रमा समेत कार्य गर्दै आएकी छन् । मिस नेपाल प्रियङ्का गत साता न्युयोर्क पुगेकी थिइन् । मिस वर्ल्डअन्तर्गत ब्युटी विथ पर्पसको लागि बिजुली परियोजना बनाउन लगानी जुटाउने र मिस नेपाल नर्थ अमेरिकाको फिनालेमा भाग लिन उनी त्यता लागेकी हुन् ।

प्रियङ्का दुई साता अमेरिकामा रहने कार्यक्रम छ ।

सिफारिस

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ

काठमाडौं - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ एसियाली खेलकुदमा सहभागी हुन जाने नेपाली खेलाडी, प्रशिक्षक तथा व्यवस्थापन टोलीलाई बिदाइ गर्नुभएको छ...

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधि नजिक, कर्णाली प्लेअफमा

अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) मा बिहीबार फाइनलमा प्रवेश गरेको । अन्नपूर्ण १२ अंकको स्पष्ट अग्रतासहित अंक तालिकामा शीर्ष...

वन्यजन्तु अपराध नियन्त्रणमा क्षेत्रीय सहकार्य आवश्यक : वनमन्त्री गीता चौधरी

काठमाडौं - कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन्यजन्तु अपराध संगठित, अन्तरदेशीय र जटिल बन्दै गएकाले यसको नियन्त्रणका लागि दक्षिण एसियाली मुलुकबीच क्षेत्रीय सहकार्य...

भर्खरै

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधि नजिक, कर्णाली प्लेअफमा

अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग...

वन्यजन्तु अपराध नियन्त्रणमा क्षेत्रीय सहकार्य आवश्यक : वनमन्त्री गीता चौधरी

काठमाडौं - कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन्यजन्तु...

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा...

भोटेकोशी बाढीपीडितको उद्धार र पुनःस्थापनामा अक्सिडेन्टलको साथ, २ लाख ५१ हजार सहयोग

काठमाडौँ - भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

धेरै पढिएको