काठमाडौं – गायक अर्जुन सापकोटाको आवाजमा नयाँ तीज गीत ‘भाउ बढ्यो’ सार्वजनिक भएको छ । दोहोरी गायक सापकोटा र म्युजिक भिडियो निर्देशक स्मृति तिमिल्सिना ‘गुरुआमा’ले आवाजमा रहेको गीतमा सुमन ढकालको शब्द सृर्जना छ।
गीतमा गायक सापकोटाकै लय रहेको छ । मौलिक शब्दहरुमा सजिएको उक्त गीतमा समसामायिक घटनामा आधारित सामाजिक यथार्थका विषयवस्तु चित्रण गरिएको छ ।
गीतको म्युजिक भिडियोमा अर्जुन सापकोटा, स्मृति तिमिल्सिना र सुमन ढकालको अभिनय रहेको छ । भिडियोलाई सुरेश श्रेष्ठले छांयाङ्कन गरेका हुन् भने प्रकाश धमलाको सम्पादन रहेको छ ।
पुरा भिडियो हेर्नुहोस्ः
