देउवालाई तनाव गराउने गरी शेखर समूहले निकाल्यो यस्तो निष्कर्ष

काठमाडौं – नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पक्षधर युवा नेताहरूले पार्टीभित्र अस्तित्व रक्षाका लागि संघर्ष गर्ने निष्कर्ष निकालेका छन् ।

शनिवार भएको भेलामा सहभागी युवा नेताहरूले सभापति शेरबहादुर देउवाले पार्टीभित्र एकलौटी निर्णय गर्दै संस्थापन पक्षभन्दा बाहेकका नेता–कार्यकर्तालाई अन्याय गरेकाले अस्तित्व रक्षाको लडाइँमा उत्रनुपर्ने निष्कर्ष निकालेका हुन् ।

अब पार्टीभित्र विगतको झै ४० प्रतिशत हिस्सा खोज्नुपर्ने उनीहरूको भनाइ छ । यसअघिको महाधिवेशनमा सभापति पदमा पराजित भएपछि डा. शेखर कोइरालाले पार्टीभित्र आफूले ४० प्रतिशतको हिस्सा नखोज्ने बताएका थिए ।

तर, सभापति देउवाले पार्टीको निर्णय प्रक्रियामा आफूबाहेक समूहका कसैलाई पनि नसमेट्ने गरेकाले बाध्य भएर हिस्सा खोज्नुपरेको उनीहरूको भनाइ छ ।

शनिवारको भेलाको संयोजन नेता जगदीश्वर नरसिंह केसीले गरेका थिए । भेलामा केन्द्रीय सदस्य प्रतिमा गौतम, मधु आचार्य, गुरु घिमिरेसहित युवा नेताहरू मनोजमणि आचार्य, केशव सिंह, रञ्जित कर्ण, सुवास पोख्रेल, डिल्लीराम सुवेदी, गोमा केसी, कुसुम थापासहित ८० जनाको उपस्थिति रहेको बताइएको छ ।

भेलाको संयोजन गरेका नेता केसीका अनुसार ८ महिनामा भएका एक दर्जन निर्णयमा प्रतिस्पर्धी समूहका एक जनालाई पनि देउवाले समेटेका छैनन् ।

राष्ट्रियसभाको निर्वाचन, स्थानीय तह निर्वाचन केन्द्रीय समिति सदस्य मनोनियन, भ्रातृ संस्थाको अध्यक्ष मनोनयनमा प्रतिस्पर्धी समूहका व्यक्तिसँग सल्लाह पनि नगरेको उनले आरोप लगाए ।

आगामी संसदीय निर्वाचनमा पनि देउवाले न्यायोचित निर्णय नगर्ने कोइराला समूहको निष्कर्ष छ । ‘न्यायोचित निर्णय गर्नुहुन भने ४० प्रतिशत चाहियो’ केसीले भने, ‘सभापतिको अभिभावकीय ठाउँबाट सोचेर अगाडि बढाउनुभएको भए यो विवाद आउने थिएन नि । अब अस्तित्वको लडाइँ लड्नुपर्ने भयो ।’

सिफारिस

एमाले नेता रायमाझीलाई धरौटीमा छाड्न अस्वीकार

सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छाड्न अस्वीकार गरेको छ।  न्यायाधीशद्वय कुमार रेग्मीर टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले रायमाझीसहित ७ जनालाई थुनामै राख्न आदेश...

राष्ट्रिय फोटो पत्रकारिता दिवस : मैत्रीपूर्ण खेलमा बंगलादेशी टोलीसंग एनएफपिजे नेपाल पराजित

काठमाडौँ -अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा बंगलादेशको नारायणगंज क्लबले नेपालको राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल) लाई पराजित गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सहयोगमा राष्ट्रिय...

राष्ट्रपतिले कतारी राजासँग गरे विपिन जोशी रिहाइको आग्रह, राजाले के भने ?

इजरायलमा हमासको आक्रमणपछि बेपत्ता विपिन जोशीको रिहाइका लागि पहल गरिदिन राष्ट्रपति रामचन्द्र पौडेलले कतारी राजासँग आग्रह गरेका छन्। दुई दिने राजकीय भ्रमणका क्रममा नेपाल आइपुगेका...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

राष्ट्रिय फोटो पत्रकारिता दिवस : मैत्रीपूर्ण खेलमा बंगलादेशी टोलीसंग एनएफपिजे नेपाल पराजित

काठमाडौँ -अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा बंगलादेशको नारायणगंज क्लबले नेपालको राष्ट्रिय...

राष्ट्रपतिले कतारी राजासँग गरे विपिन जोशी रिहाइको आग्रह, राजाले के भने ?

इजरायलमा हमासको आक्रमणपछि बेपत्ता विपिन जोशीको रिहाइका लागि पहल...

राष्ट्रपति पौडेल र कतारका राजाबीच के-के भए कुराकानी ?

राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई...

राष्ट्रपति पौडेल र कतारका राजाबीच शीतलनिवासमा भेट

राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर (राजा) शेख तमिम...

काठमाडौं आइपुगे कतारका राजा थानी (तस्वीरहरू)

कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल...

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई गणतन्त्र गौरव सम्मान

नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई गणतन्त्र गौरव सम्मान प्रदान...

धेरै पढिएको