पाँच दिनका लागि विद्यालय बन्द

रामहरि श्रेष्ठ,ओखलढुंगा – विद्यार्थीहरुमा भइरल फिबरको प्रकोप देखिन थालेपछि ओखलढुंगाको एक बिद्यालय बन्द गरिएको छ । जिल्लाको लिखु गाउँपालिका ८ टारकेराबारी स्थित जाल्पा माध्यमिक विद्यालयका अधिकांश विद्यार्थीहरुमा भइरल फिबरको प्रकोप देखिन थालेपछि पाँच दिनका लागि विद्यालय बन्द गरिएको हो ।

बिद्यालयले प्रशासनले एक सार्वजनिक सुचना जारी गरेर आईतबार भोलिदेखि लागु हुनेगरी आगामी पाँच दिन अर्थात भदौ २ गतेसम्मका लागि बिद्यालय बन्द गरिएको जनाएको छ ।

विद्यालयमा अध्यनरत सबै उमेर समुहका बालबालिकामा कडा खालको ज्वरो तथा रुघा खोकीको लक्ष्य देखिएको विद्यालयका प्रध्यानध्यापक कैलाश पौडेलले बताए ।

सोही कारण समान्य बिद्यार्थीहरुमा समेत संक्रमणको जोखिम उच्च रहेकाले सावधानी स्वरुप बिद्यालय बन्द गरिएको प्रध्यानध्यापक पौडेलको भनाई छ ।

पछिल्लो समय जिल्लाका अधिकाशं बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुमा भाइरल फिबरको संक्रमण देखिएको छ ।विद्यार्थीहरुमा कडा खालको ज्वरो आउने, रुघाखोकी लाग्ने, जिउ दुख्ने,जोर्ती दुख्ने लगायतका लक्षण लक्षण देखिने गरेको चिकित्सकहरुको भनाई छ ।

भइरल फिबर ठुलो उमेरसमुहका ब्यक्तीहरुम समेत देखा परेको जिल्ला स्वास्थ्य कार्यालयका सुचना अधिकारी पुष्पराज पन्तले बताए । बढी जसो बालबालिकामा क्षणमा ज्वरो आउने , टाउको दुख्ने, बान्ता गर्ने लगायतका लक्षण देखिने गर्दछ ।

जसका लागी स्वास्थ्य संस्थामा समेत बिरामीको चाप बढ्न थालेको पन्तको भनाई छ । जिल्लामा पछिल्लो पटक भाइरल फिबरका बिरामी बढेकाले सावधानी अपनाउन समेत आग्रह गरिएको छ । सुचना अधिकारी पन्तले आम नागरिकलाई खानपानमा बिषेश ध्यान दिन आग्रह गरेको छ ।

सिफारिस

निजी विद्यालयको नाम नेपालीमै राख्न बालेनको एक महिने ‘अल्टिमेटम’

काठमाडौं - काठमाडौं महानगरपालिकाले निजी विद्यालयको नाम नेपालीकरण गर्न एक महिनाको समय दिएको छ । बिहीबार सूचना जारी गरी महानगरले नेपालीमा नाम राख्न निजी...

प्रहरीका सादा पोशाकमा जनशक्ति परिचालन नगर्न निर्देशन

काठमाडौँ – नेपाल प्रहरीले सादा पोशाकमा जनशक्ति परिचालन नगर्न मातहतका निकायलाई निर्देशन दिएको छ। सादा पोशाकमा परिचालन हुने (घुमुवा) प्रहरी गैरव्यावसायिक क्रियाकलापमा संलग्न हुने गरेको...

एसएसपी अधिकारी डीआईजीमा बढुवा सिफारिस

सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) दिपक अधिकारी सशस्त्र प्रहरीको नायव महानिरीक्षक (डीआईजी)मा बढुवा सिफारिस भएका छन्। गृहमन्त्रालयको बढुवा समितिको सचिवालयले सूचना जारी गर्दै अधिकारीलाई शसस्त्र...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

प्रहरीका सादा पोशाकमा जनशक्ति परिचालन नगर्न निर्देशन

काठमाडौँ – नेपाल प्रहरीले सादा पोशाकमा जनशक्ति परिचालन नगर्न...

एसएसपी अधिकारी डीआईजीमा बढुवा सिफारिस

सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) दिपक अधिकारी सशस्त्र प्रहरीको...

मौसम: आइतबारसम्म पानी पर्ने, आज यी स्थानमा हुनेछ वर्षा

हाल नेपालमा स्थानीय वायुको उल्लेख्य प्रभाव रहेका कारण तीन...

बज्रचार्यले लिए पर्यटन मन्त्रीको शपथ

हाम्रो नेपाली पार्टीका सांसद शैलेन्द्रमान बज्रचार्य बागमती प्रदेश सरकारमा...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकले गरेको ५ निर्णय

बिहीबार अपरान्ह सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न ५ निर्णय...

मिलन लिम्बूले पाए राष्ट्रिय स्वतन्त्र पार्टीबाट इलाम २ को टिकट

राष्ट्रिय स्वतन्त्र पार्टीले वैशाख १५ गते हुन लागेको इलाम...

धेरै पढिएको